बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा देखियो उच्च अंकतर्फ बढ्ने संकेत, लगातार १९६ अंकको वृद्धि

सोमबार, पुस १८ २०७९
सेयर बजारमा देखियो उच्च अंकतर्फ बढ्ने संकेत, लगातार १९६ अंकको वृद्धि

काठमाडौं- सेयर बजारमा लगातार सुधार देखिँदै गएको छ। नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको बजारमा लगातार वृद्धि देखिएको हो। गएको सातादेखि यता बजारमा १९६ अंकको वृद्धि देखिएको छ। 

गएको साता चार दिनकै कारोबारमा समग्रमा १६१.१८ अंकले बढेको सेयर बजारमा यो साता पनि लगातार वृद्धि देखिएको छ। आइतबार १७.२६ अंकको वृद्धिसँगै २०४६.२९ बिन्दुमा पुगेको सेयर बजारमा सोमबार पनि दोहोरो अंककै वृद्धि देखियो। 

सोमबार १७.५६ अंकको वृद्धिसहित बजार २०६३.८३ बिन्दुमा पुगेको छ। १६५ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको छ।  

गएको साता नयाँ सरकार आएसँगै लगातार दुई दिन उच्च अंकले बढेर एक दिन सामान्य गिरावट देखिएको सेयर बजारमा साताको अन्तिम कारोबारमा पनि हरियाली छाएको थियो। पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा सुधार देखिएको विश्लेषकहरू बताउँछन्। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्। सरकारी साथ मिल्दै जाने देखिएकाले अबको बाटो पुन: उच्च अंकतर्फ लाग्नसक्ने उनीहरूको भनाइ छ। 

 


प्रकाशित : सोमबार, पुस १८ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend