बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

गएको साता १६१ अंकले बढेको सेयर बजारमा यो साता पनि शुभ संकेत, नयाँ उचाइतर्फ बढेको हो?

आइतबार, पुस १७ २०७९
गएको साता १६१ अंकले बढेको सेयर बजारमा यो साता पनि शुभ संकेत, नयाँ उचाइतर्फ बढेको हो?

काठमाडौं- गएको साता चार दिनकै कारोबारमा समग्रमा १६१.१८ अंकले बढेको सेयर बजारमा यो साता सुरुवाति कारोबारमा पनि उत्साह देखिँदै दोहोरो अंकको वृद्धि भएको छ। 

आइतबार १७.२६ अंकको वृद्धिसँगै बजार २०४६.२९ बिन्दुमा पुगेको छ। १२१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ। लामो समयपछि बजारमा राम्रो कारोबार देखिएको हो। 

गएको साता नयाँ सरकार आएसँगै लगातार दुई दिन उच्च अंकले बढेर एक दिन सामान्य गिरावट देखिएको सेयर बजारमा साताको अन्तिम कारोबारमा पनि हरियाली छाएको थियो। 

गएको साताको पहिलो कारोबारमा सोमबार ५६.८६ अंकको वृद्धि देखिएको बजार मंगलबार ५९.८७ अंकले बढेको थियो। बुधबार भने ११.८१ अंकको गिरावट देखिए पनि बिहीबारको बजार पुन: ५६.८८ अंकले बढेको थियो। 

पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा सुधार देखिएको हो।

अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्। सरकारी साथ मिल्दै जाने देखिएकाले अबको बाटो पुन: उच्च अंकतर्फ लाग्नसक्ने उनीहरूको भनाइ छ। 

 


प्रकाशित : आइतबार, पुस १७ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend