शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

images
आइतबार, पुस १७ २०७९
images
images
प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको १० वर्षमा निर्माण सम्पन्न भएको छ। 

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। निर्माण सम्पन्न भएको विमानस्थलको औपचारिक उद्घाटनसँगै व्यावसायिक उडानको बाटो खुलेको छ। 

images
images
images

पोखरा विमानस्थलमा आयोजित विशेष समारोहमा प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको उद्घाटन गरेका हुन्। 

images

२०३२ सालमै पोखरामा क्षेत्रीय विमानस्थल निर्माणका लागि जग्गा खरिदको काम भएपनि सन् २०१२ सालमा आएर मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको थियो। 

images

विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको १० वर्षमा निर्माण सम्पन्न भएको छ। 

आजको दिनमा पाँच दशकको सपना साकार भएको र पोखरा विमानस्थलबाट पर्यटन तथा नागरिक उड्डयनमा ठूलो योगदान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए। 

airport pokhara (2).jpg

निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले पाएको थियो। चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा विमानस्थलको निर्माण भएको हो। विमानस्थल करिब ३ हजार ७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको छ। विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ। धावन मार्ग दुई हजार पाँचसय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ। विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन्।

विमानस्थलको मुख्य भवनसँगै १४ भवनको निर्माण र सजावट गरिसकिएको छ। त्यस्तै आन्तरिक र बाह्य टर्मिनल भवन, धावनमार्ग, एयर ट्राफिक कन्ट्रोल रुम, ट्याक्सी वे, पार्किङ तथा ड्रेन, हाई मास्ट फ्लड लाइट, ट्रान्सफर्मर बक्स, फुटपाथ, लिफ्ट, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थलभित्रका स्थानलाई जोड्ने सडक, जहाज पार्किङ, एयर साइड र ल्यान्ड साइडलगायतका काम सबै सम्पन्न भइसकेको छ। 

विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर लागेको थियो। उक्त सबै रकम चिनियाँ बैंकले सरल ऋणमा दिएको हो। विमानस्थलको लागि थप ६ सय २९ रोपनी जग्गाका अधिग्रहण गरेको थियो। २०३२ सालमा सरकारले विमानस्थल बनाउन ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेर राखेकोे थियो। नयाँ विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० लगायतका जहाज अवतरण गर्नसक्ने छन्। विमानस्थलको २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा धावनमार्ग, एरोब्रिज समेत रहेको छ। 


प्रकाशित : आइतबार, पुस १७ २०७९०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend