आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सन् २०२२ मा ६ लाख विदेशी पर्यटक आए 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १७ २०७९
images
images
सन् २०२२ मा ६ लाख विदेशी पर्यटक आए 

कोरोना महामारीपछि गएको वर्ष पर्यटनमा सुधार देखिएको छ।उत्तरको छिमेकी चीनबाट पर्यटक नआउँदा पनि सन् २०२२ मा ६ लाख पर्यटक पुग्नु सकारात्मक भएको व्यवसयीहरूले बताएका छन्।

images
images

काठमाडौं- सन् २०२२ मा ६ लाख विदेशीले नेपाल भ्रमण गरेका छन्। 

images
images
images

नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२२ को जनवरीदेखि डिसेम्मबरसम्म हवाइ मार्गबाट ६ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। 

images
images

कोरोना महामारीपछि गएको वर्ष पर्यटनमा सुधार देखिएको छ। सन् २०१९ मा ११ लाख पर्यटक नेपाल आएका थिए। त्यसपछिका २ वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन खस्किएको थियो। सन् २०२० मा २ लाख ३० हजार आएका थिए भने २०२१  मा १ लाख ४९ हजार मात्र विदेशी आएका थिए। 

images
images
images

सन् २०२२ मा कोरोना महामारीअघिको तुलनामा ६० प्रतिशत पर्यटक नेपाल भित्रिएका छन्।

उत्तरको छिमेकी चीनबाट पर्यटक नआउँदा पनि सन् २०२२ मा ६ लाख पर्यटक पुग्नु सकारात्मक भएको व्यवसयीहरूले बताएका छन्। चीनले कोरोना महामारीकालीन नियम खुकुलो नबाउँदा चिनियाँहरू आएका थिएनन्। 

सन् २०२२ मा नेपालमा सबैभन्दा धेरै भारतीय आएका छन् २ लाख ९ हजार १०५ भारतीयले यात्रा गरेका थिए। त्यस्तै दोस्रो धेरै आउनेमा अमेरिकन रहेका छन्। गएको वर्ष ७७ हजार ९ जना अमेरिकनले नेपालमा यात्रा गरेका थिए। 

सयुक्त अधिकाराज्य बेलायतबाट ४४ हजार ७८१, अष्ट्रेलियाबाट २६ हजार ८७४ र २५ हजार ३८४ बंगलादेशी नागरिकले नेपाल यात्रा गरेका थिए। 

 


प्रकाशित : आइतबार, पुस १७ २०७९०७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend