शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनलाग्दा उत्सवमय बन्यो पोखरा

images
images
images
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनलाग्दा उत्सवमय बन्यो पोखरा
images
images

पाेखरा- पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेपछि यतिबेला पाेखरा उत्सवमय भएकाे छ। पाेखरा महानगरपालिकाले विमानस्थल उद्घाटन गर्ने दिनलाई उत्सवका रुपमा मनाउन अपिल गर्दै सार्वजनिक बिदा नै दिएकाे छ। यतिबेला स्कूल, विभिन्न स्थानीय संघ संस्थाहरू झाँकी जुलुससहित विमानस्थल उद्घाटनस्थलमा आएका छन्।

images
images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीबेरमा उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ। २०३२ सालदेखि सुरु भएकाे आयाेजना बल्ल पूरा भएकाे भन्दै पाेखराबासीले उत्सवकाे रुपमा मनाएकाे आयाेजना प्रमुख बिनेश मुनकर्मी बताउँछन्। 'सबै तयारी पूरा भएकाेले अब उद्घाटनपछि रात्रीकालीन उडानसमेत सुरु हुनेछ` आयाेजना प्रमुख मुनकर्मीले भने। 

images

'४८ वर्षपछि आज पोखरेलीको सपना साकार भइ तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदैछ, याे खुसीकाे कुरा हाे', उद्योग वाणिज्य महांघका उपाध्यक्ष अन्जन श्रेष्ठले भने। पाेखरा क्षेत्रबाटै व्यावसायमा उदाएका लक्ष्मी समूहका सञ्चालकसमेत रहेका श्रेष्ठले पोखराको पर्यटन क्षेत्रको विकासमा नयाँ आयाम थप्दै देशको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने दाबिसमेत गरेका छन्।

images
airport pokhara (3).jpg

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते विमानस्थल शीलान्यास गरेका थिए। 

images
images

निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले पाएको थियो। चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा विमानस्थलको निर्माण भएको हो। विमानस्थल करिब ३ हजार ७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको छ। विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ। धावन मार्ग दुई हजार पाँचसय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ। विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन्।

airport pokhara (4).jpg

विमानस्थलको मुख्य भवनसँगै १४ भवनको निर्माण र सजावट गरिसकिएको छ। त्यस्तै आन्तरिक र बाह्य टर्मिनल भवन, धावनमार्ग, एयर ट्राफिक कन्ट्रोल रुम, ट्याक्सी वे, पार्किङ तथा ड्रेन, हाई मास्ट फ्लड लाइट, ट्रान्सफर्मर बक्स, फुटपाथ, लिफ्ट, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थलभित्रका स्थानलाई जोड्ने सडक, जहाज पार्किङ, एयर साइड र ल्यान्ड साइडलगायतका काम सबै सम्पन्न भइसकेको छ। 

विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर लागेको थियो। उक्त सबै रकम चिनियाँ बैंकले सरल ऋणमा दिएको हो। विमानस्थलको लागि थप ६ सय २९ रोपनी जग्गाका अधिग्रहण गरेको थियो। २०३२ सालमा सरकारले विमानस्थल बनाउन ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेर राखेकोे थियो। नयाँ विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० लगायतका जहाज अवतरण गर्नसक्ने छन्। विमानस्थलको २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा धावनमार्ग, एरोब्रिजसमेत रहेको छ।

airport pokhara (2).jpg
airport pokhara (5).jpg
airport pokhara (6).jpg
airport pokhara (7).jpg

images

प्रकाशित : आइतबार, पुस १७ २०७९०६:०१

प्रतिक्रिया दिनुहोस