काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ३ सय र चाँदी ५ रपैयाँ बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रपैयाँ बढेर १ लाख १ हजार ७ सय रपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय रपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।