शुक्रबार, वैशाख २१ गते २०८१    
images
images
प्राधिकरणकाे २४ २४ औं बार्षिकउत्सव

हवाई पूर्वाधारको फड्कोले मुलुकै विकासमा सहयोग पुग्छ- महानिर्देशक अधिकारी

अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या सत प्रतिशत बढ्यो

images
images
images
हवाई पूर्वाधारको फड्कोले मुलुकै विकासमा सहयोग पुग्छ- महानिर्देशक अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणको २४ औं बार्षिक उत्सवको अवसरमा अधिकारीले हवाई सुरक्षा र हवाईपूर्वाधारको विकासमा प्राधिकरण प्रतिवद्धत रहेको समेत महानिर्देशक अधिकारीले बताए। सन् १९९८ मा सरकारले प्राधिकरण गठन गरेको थियो।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि हवाई क्षेत्रको विकासले फड्को मार्ने बताएका छन्।

images
images
images

अधिकारीले राष्ट्रिय गौरवका दुई आयोजना भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटन पूर्वाधारमा ठूलो राहत हुने समेत दावी गरेका छन्। 

images

‘तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलमा अब १ करोड ५० लाख यात्रु क्षमतामा विस्तार भएको छ, यसले बाहिर बाट आउने गेटवे अव तीन वटा भएको छ,’ अधिकारीले भने। नेपाल नागरिक उड्डयन प्राधिकरणको २४ औं बार्षिक उत्सवको अवसरमा अधिकारीले हवाई सुरक्षा र हवाईपूर्वाधारको विकासमा प्राधिकरण प्रतिवद्धत रहेको समेत महानिर्देशक अधिकारीले बताए। सन् १९९८ मा सरकारले प्राधिकरण गठन गरेको थियो।

images

पूर्वाधार तयार भएर अव सञ्चालनका लागि निजी क्षेत्र र सरकारले संयुक्त रुपमा काम गर्नुपर्नेमा समेत महानिर्देशक अधिकारीले जोड दिएका छन्। अन्तर्राष्ट्रियसँगै आन्तरिक विमानस्थलहरु पनि २४ रात्रीकालिन उडान गराएर मुख्य शहरहरुमा अर्थतन्त्र चलायमान बनाउन प्राधिकरण लागि परेको समेत अधिकारीले दावी गरेका छन्। देशभरका ठूला अधिकांश शहरमा अहिले रात्रीकालिन उडानको व्यवस्था गरिएको समेत दावी अधिकारीले गरेका छन्। 

images
images

हवाई सुरक्षामा समेत प्राधिकरण गम्भिर रहेको बताउँदै युरोपेली युनियनले लगाएको कालोसूची समेत छिट्टै हट्ने दावी समेत अधिकारीले गरेका छन्। 

२०२२ को नोभेम्बरसम्ममा २९ लाख ४५ हजार ५ सय ४० अन्तर्राष्ट्रिय यात्रुले सेवा लिएका छन्। जुनसंख्या गतवर्षको तुलनामा १०२.४८ प्रतिशतले बढी हो। गतवर्ष आन्तरिकतर्फ ३५ लाख ७६ हजार यात्रु रहेकोमा सन् २०२२ को नोभेम्बरसम्ममा ५६ लाद ६८ हजार यात्रु पुगेका छन्। 

images

प्रकाशित : शनिबार, पुस १६ २०७९०८:४०

प्रतिक्रिया दिनुहोस