आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कर्णाली सरकारले किन्यो जगदुल्ला जलविद्युत् आयोजनाको करिब १२ लाख कित्ता सेयर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १५ २०७९
images
कर्णाली सरकारले किन्यो जगदुल्ला जलविद्युत् आयोजनाको करिब १२ लाख कित्ता सेयर
images
images

कर्णाली- कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर खरिद गरेको छ।

images
images
images

प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत सेयर खरिद गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार पाँच सय कित्ता सेयरको प्रमाणपत्र हस्तान्तरण गरे। सेयर प्रमाणपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले जलविद्युत्को प्रचुर धनी कर्णालीको डोल्पामा निर्माण हुने उक्त आयोजनाले यहाँको समृद्धि र विकासमा ठूलो सहयोग पुग्ने बताए।

images
images

'गत साउनमै प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत कित्ता सेयर खरिद गर्ने निर्णय गरेको थियो,' उनले भने, 'सेयर खरिदले आयोजना निर्माणमा प्रदेश सरकारको अपनत्व बढेको छ।' प्रदेश सरकारले प्रतिसेयर एक सय रुपैयाँका दरले ११ करोड ७१ लाख ५० हजार सेयरबापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई उपलब्ध गराइसकेको मुख्यमन्त्री शाहीले जनाए। 

images
images

प्रदेश सरकारले करिब ३६ करोड रकम खर्चनु परेको भन्दै त्यसबाट आउने राजस्वले कर्णालीको जनताको विकासमा सहयोग पुग्ने बताए। उनले भने, 'आयोजनाले प्रतिदिन एक करोड आम्दानी गर्ने देखिन्छ भने त्यसबाट प्रतिदिन हामीले पाँच प्रतिशतका दर पाँच लाख मासिक रुपमा एक करोड ५० लाख कमाउँछौँ।' सेयरमा भएको लगानी प्रदेश सरकारको आम्दानीको दीर्घकालीन स्रोत हुने उनको भनाइ छ।

आयोजना प्रमुख सापकोटाले कर्णाली प्रदेश सरकारले खरिद गरेको सेयरले सरकार र आयोजना दुवैलाई प्रतिफल मिल्ने बताए। आयोजनाको विद्युत्गृह मुड्केचुला गाउँपालिका-४, इलमा निर्माण हुने तथा जगदुल्ला गाउँपालिका–१ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ।

काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युत्गृहमा खसालिने छ। आयोजनामा अनुमानित १९ अर्ब ९० करोड लगानी हुनेछ भने भने आयोजनाले एक सय ६ मेगावाट विद्युत् उत्पादन गर्नेछ। रासस


प्रकाशित : शुक्रबार, पुस १५ २०७९१०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend