शुक्रबार, जेठ ४ गते २०८१    
images
images

एमडीएमएस स्थगित, भन्सारको नियम यथावत

images
शुक्रबार, पुस १५ २०७९
images
images
एमडीएमएस स्थगित, भन्सारको नियम यथावत
images
images

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अनिवार्य लागु गर्ने भनेको एमडीएमएस स्थगित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनअनुसार प्राधिकरणले एमडीएमएस स्थगित गरेको हो। 

images
images
images

'सम्माननीय प्रधानमन्त्रीज्यूले अहिले स्थगित गरौँ र पछि तयारी गरेर उपयुक्त निर्णय गरौँला भनेपछि अहिलेलाई स्थगित भएको छ' प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने। 

images

विदेशबाट आउने प्रत्येक मोबाइललाई प्रणालीमा दर्ता नगरी चलाउन नपाइने भन्दै यो प्रणाली लागू गर्न खोजिएको थियो। 

images
images

यो प्रणाली स्थगित भएपनि विदेशबाट आउने नेपालीका लागि भन्सारको नियम भने कायमै छ। भन्सारको नियमअनुसार विदेशबाट आउँदा एउटामात्र मोबाइल ल्याउन पाइने दोस्रो ल्याएमा त्यसको भन्सार तिर्नुपर्छ। यो नियम कायमै रहेको हो। 

images
images

'नो रेमिट्यान्स' अभियान चल्न थालेपछि अर्थमन्त्रीको चासो, विकल्पबारे छलफल हुँदै 'नो रेमिट्यान्स' अभियान चल्न थालेपछि अर्थमन्त्रीको चासो, विकल्पबारे छलफल हुँदै


प्रकाशित : शुक्रबार, पुस १५ २०७९०५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend