बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रभु बैंकको साधारणसभाबाट लाभांश पारित, सेञ्चुरीसँग एकीकृत कारोबार गर्ने

बिहीबार , पुस १४ २०७९
प्रभु बैंकको साधारणसभाबाट लाभांश पारित, सेञ्चुरीसँग एकीकृत कारोबार गर्ने

काठमाडौं- प्रभु बैंकले १२ औँ वार्षिक साधारणसभाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस सेयर तथा १.५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो।

बोनस सेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुग्ने छ।साधारणसभाले सेञ्चुरी कमर्सियल बैंकको एक सय कित्ता सेयर बराबर प्रभु बैंकको एकसय कित्ता सेयर प्रदान गर्ने गरी सेञ्चुरी बैंकलाई प्राप्ती (एक्विजिशन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई समेत पारित गरेको जनाएको छ।

दुई बैंकबीच आगामी पुस २९ गतेबाट एकीकृत कारोबार गर्ने तयारी भैसकेको छ।यसैगरी साधारणसभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय समेत गरेको छ।  

यस्तै बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आ.व.२०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ। प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा, ६३ वटा एक्स्टेन्सन काउन्टर, एक सय ९४ वटा एटिएम तथा दुई सय १७ वटा शाखा कार्यालयहरुको माध्यमबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , पुस १४ २०७९१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend