बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

रिपोमार्फत बैंकहरूमा ५० अर्ब पठाउँदै राष्ट्र बैंक

बिहीबार , पुस १४ २०७९
रिपोमार्फत बैंकहरूमा ५० अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबार पुस १४ गते ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। ४५ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो। रिपो आज बिहीबार अपराह्न २ बजे नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

यो रिपो माघ २९ गते परिपक्व हुनेछ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ। 

पुसमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट राजस्वको रुपमा ठूलो पैसा जाने भएकाले केन्द्रीय बैंकले तरलता पठाउन लागेको हो। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन्। रिपोमार्फत ठूलो रकम बजारमा पठाएपछि तरलता व्यवस्थापनमा सहयोग पुग्ने अनुमान गरिएको छ।


प्रकाशित : बिहीबार , पुस १४ २०७९०४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend