बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

माथिल्लो तामाकोशीको सेयर मूल्यमा उछाल आएपछि लगानीकर्ता मालामाल, एकाएक किन बढ्यो मूल्य?

बुधबार, पुस १३ २०७९
माथिल्लो तामाकोशीको सेयर मूल्यमा उछाल आएपछि लगानीकर्ता मालामाल, एकाएक किन बढ्यो मूल्य?

कम्पनीको सेयर घटेर ३५४ रुपैयाँसम्मा आइपुगेको थियो। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य बढेर ९६२ रुपैयाँसम्म पुगेको थियो।

काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले लगानीकर्तालाई हकप्रद सेयर दिएर चुक्ता पुँजी बढाउने तयारी गरेपछि सेयर बजारमा उछाल आएको छ। कम्पनीको बुधबार प्रतिकित्ता २३ रुपैयाँले बढेर सेयर मूल्य ४५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

पछिल्लो समय प्रतिकित्ता १०० रुपैयाँले बढी सकेको छ। कम्पनीको सेयर घटेर ३५४ रुपैयाँसम्मा आइपुगेको थियो। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य बढेर ९६२ रुपैयाँसम्म पुगेको थियो।

त्यस्तै घटेर ३५४ रुपैयाँसम्म दोस्रो बजारमा कारोबार भएको थियो। आयोजनाले निर्माण भएको देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको आयोजनाले ३० अर्ब चुक्ता पुँजी बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ। 

upper.JPG

आयोजनाले १ः१ कित्ता हकप्रद दिने प्रस्ताव गरेको हो। जसको लागि आयोजना सञ्चालक समितिले निर्णय गरेर विद्युत नियमन आयोगबाट समेत स्वीकृत हुनुपर्छ। यसका लागि कम्पनीले साधरणसभाबाट स्वीकृत लिइसकेको छ। नेपाल धितोपत्र बोर्डमा पनि आवेदन दिनेगरी प्रक्रिया अगाडि बढाएको छ। 

हालको चुक्ता पुँजी १० अर्ब ५० करोड रुपैयाँलाई बढाएर ३० अर्ब रुपैयाँ बनाउन उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। माथिल्लो तामाकोशी पहिलोपटक नाफामा गएको थियो। ४५६ मेगावाट क्षमताको आयोजनाले उत्पादन सुरु भएर बिजुली बिक्री गर्न थालेपछि नाफामा जान थालेको छ।

बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँ पुगिसकेको थियो। माथिल्लो तामाकोशी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको हो। कम्पनीका अनुसार कुल लागतमध्ये ५२ अर्ब रुपैयाँ खुद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धिलगायत खर्च निस्केको छ।

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन्। यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ। कम्पनीको बजार पुँजीकरण ५७ अर्ब पुगेको छ। 


प्रकाशित : बुधबार, पुस १३ २०७९१०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend