बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दुई दिन उच्च अंकले बढेको सेयर बजारमा देखियो सामान्य गिरावट

बुधबार, पुस १३ २०७९
दुई दिन उच्च अंकले बढेको सेयर बजारमा देखियो सामान्य गिरावट

काठमाडौं- नयाँ सरकार आएसँगै लगातार दुई दिन उच्च अंकले बढेको सेयर बजारमा तेस्रो दिनको कारोबारमा सामान्य गिरावट देखिएको छ। 

पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा दुई दिन उछाल देखिएको थियो। सोमबार ५६.८६ अंकको वृद्धि देखिएको बजार मंगलबार ५९.८७ अंकले बढेर बजार १९८३.९५ बिन्दुमा पुगेको थियो।

बुधबार भने ११.८१ अंकको गिरावटसँगै बजार १९७२.१५ बिन्दुमा झरेको छ। २ अर्ब १५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको बजारमा ६० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। १४९ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्यमा परिवर्तन आएको छैन। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथै अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको समस्या समाधानका लागि आफूहरूले काम गर्ने बताउँदै आइरहेका छन्। सरकारी आश्वासनसँगै सेयर बजारमा लगानीकर्ताहरू विश्वस्त भइरहेको विश्लेषणका बीच मंगलबार भने बजारमा गिरावट देखियो। 

अहिलेको बजारको अवस्था मौसमी हो या बजारले सही बाटो समात्न लागेको हो भन्ने यकिन गर्न समय लाग्ने विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने उनीहरू बताउँछन्। 


प्रकाशित : बुधबार, पुस १३ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend