सोमबार, वैशाख २४ गते २०८१    
images
images

ह्वाजीको सस्तो मूल्यको आकर्षक विद्युतीय कार हिँड्यो नेपालतर्फ, यस्तो छ विशेषता र रेन्ज

images
images
images
ह्वाजीको सस्तो मूल्यको आकर्षक विद्युतीय कार हिँड्यो नेपालतर्फ, यस्तो छ विशेषता र रेन्ज

सोहीअनुसार ह्वाजी प्लान्टबाट मिनी विद्युतीय कार नेपालीतर्फ हिँडेकाले अबको दुई सातामा उक्त कार नेपाल आइपुग्ने कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- सीजी मोटरले चीनको चर्चित स्टार्टअप ह्वाजी अटोमोबाइलले उत्पादन गरेको आकर्षक मिनी ईभी नेपाल बजारमा भित्र्याउने भएको हो। नेपाल आउनका लागि ह्वाजीका कार प्लान्टबाट हिँडेको छ। 

images
images
images

उच्च ग्राउन्ड क्लियरेन्स भएको सिटी कारको रुपमा उपयुक्त हुने ‘जीयाङ्सु ह्वाजी अटा’ले उत्पादन गरेको विभिन्न मोडलका मिनी ईभी नेपाल आउने भएका छन्। सीजी मोटर र ह्वाजी अटोबीच केही समयअघि नेपालमा आधिकारिक बिक्रेताको सम्झौता भएको थियो। 

images

सोहीअनुसार ह्वाजी प्लान्टबाट मिनी विद्युतीय कार नेपालीतर्फ हिँडेकाले अबको दुई सातामा उक्त कार नेपाल आइपुग्ने कम्पनीले जनाएको छ। यो सानो ईभीमा फोर ह्वील ड्राइभ अप्सन समेत आउनेछ। देख्दा आकर्षक र शक्तिशाली ब्याट्री क्षमता भएको मिनी कार ४ सिट क्षमताको हो। 

images

उक्त मिनी ईभी १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री प्याकमा उपलब्ध रहेको छ। सो कारमा रहेको ब्याट्रीले एकपटक फुल चार्जमा २ सय २५ किलोमिटरसम्म रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

images
images

अगाडि र पछाडि दुवैतर्फ विद्युतीय मोटर जडान भएको कारमा २४ किलोवाट क्षमताको मोटर छ। कारको उच्च गति १ सय किलोमिटर प्रतिघण्टासम्म रहेको छ। मिनी कार भएर पनि यसमा ठूलो कारमा सहर ह्वील उपलब्ध छ। सामान्यतया मिनी कारहरुमा १२ देखि १३ इन्चको ह्वीलमा आउने गरेको छ। 

तर यो कारमा १५ इन्चको ठूलो ह्वील छ। ठूलो ह्वीलमा उपलब्ध हुने भएकाले यो मिनी कार नेपाली बाटोका लागि निक्कै उपयुक्त हुने विश्वास कम्पनीको छ। आकर्षक रेट्रो डिजाइनमा रहेको ह्वाजीको मिनी कारमा दुईवटा राउन्ड क्रिस्टल प्रोजेक्सन हेडलाइट र राउन्ड आकारमै दिइएको डीआरएललाइट उपलब्ध रहेको छ।  

huazi hadiyo.jpg

कारको बाहिरी आवरणमा आकर्षक क्लियर एज र कर्नर रहेको छ। अगाडि र पछाडि आकर्षक डिजाइन लाइनले यो कारलाई एसयूभी जस्तै देखाएको छ। त्यसैले पनि नेपाली उपभोक्ताको रोजाइमा यो विद्युतीय कार पर्ने छ। नेपालमा क्रसओर तथा एसयूभी सेगमेन्टका कार रोज्नेको संख्या ज्यादै ठूलो रहेको छ। उपभोक्ताको सोही आवश्यकतालाई सस्तो मूल्यमा यही विद्युतीय कारले नै पुरा गर्नेछ। 

ह्वाजीको यो मिनी विद्युतीय कारको मूल्य २० देखि २५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। दुई सातापछि कार आइपुगेसँगै सीजी मोटरले सो कारको मूल्य औपचारिक रुपमा सार्वजनिक गर्नेछ। 

कारको मुख्य विशेषताहरुमा म्युजिक सिस्टम, एयर कन्डिसन डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र वाईफाई तथा ब्लुटुथ सपोर्ट गर्ने ९ इन्चको सेन्ट्रल कन्ट्रोल सिस्टम रहेको छ। यसमा चार फरक फरक तरिकाले एड्जस्ट गर्न सकिने ड्राइभर र प्यासेन्जर सिट उपलब्ध रहेको छ।  

यो मिनी कारको महत्वपूर्ण पक्ष ग्राउन्ड क्लिरेन्स हो। नेपालमा ग्राउन्ड क्लियरेन्स धेरै भएको कार बढी रुचाइन्छ। मिनी कार हुँदा पनि ह्वाजीको कारमा राम्रो क्लियरेन्स (कम्तिमा १८० एमएम) भएकाले पनि धेरैको रोजाइमा पर्नेछ। 

सीजी मोटर्स हाल होजोन अटोले उत्पादन गरेको निटा भी ब्रान्डका कार बिक्री गर्दै आएको छ। यो कार नेपाल आएयता धेरै उपभोक्ताको रोजाइमा पर्दै आएको छ। त्यस्तै कम्पनीले अर्को चिनियाँ ब्रान्ड चाङगनको मिनी भ्यान बजारमा ल्याइसकेको छ। सीजी मोटरले भारतको चर्चित दुईपांग्रे विद्युतीय स्कुटर ओला ब्रान्ड समेत नेपाल भित्र्याइसकेको छ। अबको केही समयभित्रै यो स्कुटर बिक्रीमा ल्याउने बताएको छ। 

सुरुवाती मूल्य करिब २० लाख रुपैयाँमात्र हुने ह्वाजी मिनी कारमा सीजी मोटरले ८ वर्ष वारेन्टी दिने बताएको छ।  

कारको मुख्य विशेषता 

लम्बाई- ३४४४ एमएम

उचाई- १५३५ एमएम

चौडाई- १५५० एमएम

ह्वीलवेस- २३५० एमएम 

अधिकतम गति- १ सय किलोमिटर प्रतिघण्टा 

मोटर- रेटेड १२ केडब्लू, पिक २५ केडब्लू

रेन्ज- २ सय २५ किलोमिटर 

सिट क्षमता- ४

ग्राउन्ड क्लियरेन्स- १८० एमएम

मिनिमम् टर्निङ रेडियस- ९.५ मिटर

images

प्रकाशित : बुधबार, पुस १३ २०७९०६:१४

प्रतिक्रिया दिनुहोस