बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कुमारी र एनसीसी बैंक मर्जर : कुमारी बैंकको नाममा आइतबारदेखि एकीकृत कारोबार हुने

मंगलबार, पुस १२ २०७९
कुमारी र एनसीसी बैंक मर्जर : कुमारी बैंकको नाममा आइतबारदेखि एकीकृत कारोबार हुने

काठमाडौं- कुमारी बैंक र एनसीसी बैंक मर्ज भएसँगै आइतबारदेखि एकीकृत कारोबार हुने भएको छ। कुमारी बैंक लिमिटेडको नाममा एकीकृत कारोबार हुने भएको हो। जसका लागि राष्ट्र बैंकले स्वीकृति दिएको छ। 

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसीका रमेशराज अर्याल हुनेछन् भने कुमारीका सीईओ रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन्।

मर्जरपछि बैंकको नाम कुमारी बैंक रहनेछ भने चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ र कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ।

जगेडा कोषहरुमा भएको रकमलगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।


प्रकाशित : मंगलबार, पुस १२ २०७९१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend