सोमबार, वैशाख २४ गते २०८१    
images
images

चाङगनको विद्युतीय भ्यान गरुड सेक्युरिटीलाई हस्तान्तरण

images
images
images
चाङगनको विद्युतीय भ्यान गरुड सेक्युरिटीलाई हस्तान्तरण

सीजी मोटरले ल्याएका चाङगनको भीफाइभ ईभी भ्यान रुटदेखि अन्य व्यवसायिक प्रयोजनका लागि उपयुक्त हुने कम्पनीकले जनाएको छ। 

images
images

काठमाडौं- सीजी मोटरले नेपाली बजारमा उपलब्ध गराएको चाङगनको विद्युतीय भ्यान गरुड सेक्युरिटी कम्पनीले खरिद गरेको छ। गरुडले किनेको दुई वटा चाङगनका विद्युतीय भ्यान सोमबार सीजी मोटरले हस्तान्तरण गरेको हो। 

images
images
images

चाङगनका विद्युतीय भ्यान भीफाइभ ईभी नेपाल भित्रिएको केही समयमै लोकप्रिय हुँदै गएको छ। वातावरणमैत्री र सञ्चालन खर्च निक्कै कम भएकाले व्यवसायिक प्रयोजनमा समेत विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ। सीजी मोटरले ल्याएका चाङगनको भीफाइभ ईभी भ्यान रुटदेखि अन्य व्यवसायिक प्रयोजनका लागि उपयुक्त हुने कम्पनीकले जनाएको छ। 

images

सीजी मोटरले सोमबार गरुड सेक्युरिटीलाई चाङगनका दुई विद्युतीय भ्यान हस्तान्तरण गरेको कम्पनीका सेल्स एन्ड अप्रेसन हेड दिपक थापाले बताए। ‘सरकारले विद्युतीय सवारी प्रबद्र्धन गर्ने नीति लिएको र प्यासेन्जर कारका साथै इन्धनबाट चल्ने माइक्रोलाई विस्थापन गर्नेसक्ने क्षमताका विद्युतीय भ्यानको माग उल्लेख्य रुपमा बढेकाले सीजी मोटरले चाङगन ब्रान्ड विद्युतीय भ्यान ल्याएको हो,’ थापाले भने, ‘सुरुमा चाङगनको भीफाइभ ईभी भ्यान आएको र अबको केही समयमै भीसेभेन ईभी भ्यान नेपाल ल्याउने तयारीमा हामी लागेका छौं।’

images
changan v 5 garud.jpg

सस्तो सञ्चालन खर्च र वातावरणमैत्री सवारी भएको र राम्रो रेन्ज दिने विद्युतीय सवारीमा चाङगन भीफाइभ पर्ने भएकाले धेरैको रोजाइमा पर्न थालेको थापाले बताए। सीजी मोटरले विद्युतीय सवारीका लागि आवश्यक पर्ने चार्जिङ पूर्वाधार लगायतको विस्तारमा विशेष जाेड दिएकाले आगामी दिनमा चाङगनका भ्यानको माग अझै बढ्ने उनको भनाइ छ। 

images
images

चार्जिङ पूर्वाधार निर्माण र २/३ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडी आएसँगै विभिन्न रुटहरुमा भ्यानका माग बढ्न थालेको छ। सोही कुरालाई मध्यनजर गर्दै सीजी मोटरले विद्युतीय भ्यान उपलब्ध गराएको हो। सीजी मोटरले विद्युतीय सवारी भित्र्याउने क्रम बढाएसँगै चार्जिङ पूर्वाधारलगायत आवश्यक सेवा सुविधा बिस्तारलाई उच्च प्राथमिकता दिएको जनाएको छ। 

सीजी मोटरले चाङगनका भ्यानका साथै प्यासेन्जर कारमा नेटा भी ल्याएर बिक्री गरिरहेको छ भने दुई पांग्रे विद्युतीयमा ओलाका स्कुटर ल्याउने अन्तिम तयारी गरेको छ। 

यस्ता छन् भीफाइभ ईभी भ्यानका विशेषता 

सीजीले ल्याएको यो भ्यान निक्कै शक्तिशाली रहेको छ। यो भ्यानले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। ११ सिट क्षमताको यो भ्यान मध्यम तथा छोटो दुरीमा यात्रु ओसारपसार गर्नका लागि उपयुक्त हुनेछ। 

ह्वील बेस- २९३० एमएम

जीभीडब्लू- २६ केजी 

सिट क्षमता- ११

नर्मल चार्जिङ पावर- ६.६ केडब्लू

चार्जिङ टाइप- युरो स्ट्यान्डर्ड (सीसीएसटू)

ब्याट्री पावर- ४१.८६ केडब्लूएच (सीएटीएल)

माइलेज- ३०० किलोमिटर 

अधिकतम गति- १०० किलोमिटर प्रतिघण्टा 

ग्राउन्ड क्लियरेन्स- १७५ एमएम

ब्रेकिङ सिस्टम- फ्रन्ट डिस/रेयर ड्रम 

images

प्रकाशित : मंगलबार, पुस १२ २०७९०८:५२

प्रतिक्रिया दिनुहोस