बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नबिलबाहेक दोस्रो बजारमा आर्कषक यी पाँच वाणिज्य बैंक, तीन गुणासम्म बढ्नसक्छ लगानी

शनिबार, पुस ९ २०७९
नबिलबाहेक दोस्रो बजारमा आर्कषक यी पाँच वाणिज्य बैंक, तीन गुणासम्म बढ्नसक्छ लगानी

अधिकांश वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्।

काठमाडौं- पछिल्लो समय बजार घट्दो छ। बिहीबार कारोबार बन्द हुँदा बजार स्थिर देखिएर १८६७.२१ बिन्दुमा बन्द भएको थियो। दोस्रो बजारमा नबिल बैंकको मात्रै बढी चर्चा हुने गरेता पनि भविष्यमा अन्य वाणिज्य बैंकहरुले पनि राम्रो गर्दै गएकाले सस्तो मूल्यको सेयर खरिद गर्नेहरु मालामाल हुनसक्ने छन्। 

अधिकांश वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। घट्दो बजारमा अहिले किन्दा केही समयमै दोब्बर हुन सक्ने पाँच वाणिज्य बैंकको सेयर बारेमा चर्चा गर्दै छौं। केही समय होल्ड गर्न सकेमा कम्तीमा दोब्बर हुने देखिन्छ। लगानी सुरक्षाका हिसाबले सबैभन्दा राम्रो वाणिज्य बैंकको सेयर खरिदमा देखिन्छ। 

एनआईसी एसिया

एनआईसी एसिया बैंकले पछिल्लो दुई वर्षदेखि सेयर लगानीकर्तालाई लाभांश दिएको छैन। अब आउने वर्षहरुमा बैंकले आकर्षक लाभांश दिने छ। सोही कारण पनि संस्तो मूल्यमा आएको समयमा किनेर होल्ड गर्न सक्नेहरुले राम्रो फाइदा लिन सक्नेछन्। 

nic.JPG

कुनै समय बढेर ९३५ रुपैयाँसम्म पुगेको सेयर मूल्य अहिले घटेर ६६५ रुपैयाँसम्म झरेको छ। पछिल्लो एक वर्षमा बैंकको सेयर मूल्य ११ प्रतिशतले घटेको छ। बैंकको बुक भ्यालु २३१.६३ रुपैयाँ रहेको छ। त्यस्तै प्रतिसेयर आम्दानी ६०.७७ रुपैयाँ रहेको छ भने पीई रेसियो १०.९५ गुणा रहेको छ। लाभांश दिएपनि नदिएपनि आगामी दिनमा बैंकको सेयर मूल्य बढ्दो क्रममा हुनेछ। 

एभरेष्ट बैंक

अघिल्ला बुलमा हट केकको रुपमा रहेको एभरेष्ट बैंकको सेयर मूल्य गत वर्षको बुलमा लगानीकर्ताको रोजाइमा परेन। अहिले त एभरेष्ट बैंकको सेयर मूल्य पाँच वर्षयताकै सस्तो भएको छ। तथापी लगानीकर्ताहरु यसतर्फ आकर्षित छैनन्। 

ebl.JPG

अघिल्लो बुलमा ३८०० रुपैयाँ पुगेको सेयर मूल्य घटेर ४११ रुपैयाँसम्म झरेको थियो। पछिल्लो समय केही बढ्दै घट्दै गरेको एभरेष्टको सेयर मूल्य ४३५ मा कारोबार भइरहेको छ। बैंकको गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांशसमेत घोषणा गरिसकेको छ।

आउने साता बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीको खातामा जानेछ। सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिने छ। आउने वर्षहरुमा एभरेष्टले सेयरधनीलाई अझै राम्रो लाभांश दिनेछ। 

बैंकको प्रतिसेयर आम्दानी ३२.२५ रुपैयाँ रहेको छ भने बुक भ्यालु २३०.३७ रुपैयाँ रहेको छ। पीई रेसियो १३.५२ गुणा रहेको छ। आगामी दिन सेयर खरिद गरेर होल्ड गर्न सक्ने लगानीकर्ताले राम्रै कमाउन सक्ने देखिन्छ। कम्पनीले गएको वर्षहरुमा ७३ प्रतिशत लाभांश सम्म दिएको थियो। 

प्रभु बैंक

प्रभु बैंकको सेयर मूल्य एकदमै सस्तो मूल्यमा रहेको छ। बिहीबारको सेयर मूल्य १८५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो एक वर्षको ३९.८७ प्रतिशत सेयर मूल्य घटेको छ। सस्तो मूल्य भएको र आगामी दिन आक्रामक बजार विस्तार गर्न सक्ने भएकोले पनि लगानीकर्ता मालामाल हुन सक्ने देखिन्छ। 

prabhu.JPG

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जर र एकिकृत कारोबारको तयारी समेत भइरहेको छ। बैंकको प्रतिसेयर आम्दानी २०.८४ रुपैयाँ रहेको छ भने पीई रेसियो ८.८९ गुणा रहेको छ। यता बुक भ्यालु १५८.४२ रुपैयाँ रहेको छ। 

बैंकले हाल कायम चुक्ता पुँजीबाट ६.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित गरी १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। कम्पनीले पछिल्लो पाँचवर्षमा १६ प्रतिशतसम्म लाभांश दिएको थियो।

कुमारी बैंक

कुमारी बैंक पनि सस्तो मूल्यमा कारोबार भइरहेको छ। बैंकको दोस्रो बजारमा १८१ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो एक वर्षमा २९६ रुपैयाँमा उच्चतम कारोबार भएको थियो। एक वर्षमा २६.९९ प्रतिशतले सेयर मूल्य घटेको छ।

kbl.JPG

बैंकको प्रतिसेयर आम्दानी २७.२३ रुपैयाँ रहेको छ। बुक भ्यालु १४९.३६ रुपैयाँ रहेको छ। पीई रेसियो ६.६५ गुणा रहेको छ। एनसीसीसँग मर्जर गरेर एकीकृत कारोबारको तयारीमा रहेको बैंक लगानीकर्ताका लागि आगामी दिनमा आकर्षक देखिन्छ। बैंकले १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। 

हिमालयन बैंक

सेयर मूल्यका हिसाबले हिमालयन बैंकको सेयर पनि आगामी दिनमा आकर्षक देखिन्छ। बैंकको सेयर मूल्य ३२९ रुपैयाँ मात्रै रहेको छ। कुनै समय एकदमै राम्रो गरेको बैंकले अब बजार बढ्दा लगानीकर्ताका लागि आकर्षक हुनसक्दछ।

hbl.JPG

बैंकको अहिले पछिल्लो एकवर्षमा सेयर मूल्य ३१ प्रतिशतले घटेको छ। बैंकको प्रतिसेयर आम्दानी १६.४२ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो २०.०९ गुणा रहेको छ भने बुक भ्यालु १७५.२२ रुपैयाँ रहेको छ। 

सिभिल बैंकसँग मर्जरमा जान लागेको बैंकको केही समयमै एकीकृत कारोबार गर्ने तयारी गरेका छन्। हिमालन बैंकले १९.११ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ११.११ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर लगानीकर्तालाई दिँदैछ। 


प्रकाशित : शनिबार, पुस ९ २०७९१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend