शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म

images
शुक्रबार, पुस ८ २०७९
images
टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म

यस क्याम्पमा  टाटाका पेसेन्जर सेगमेन्टका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ।

images
images

काठमाडौं- टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यही  पुस १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्दैछ।

images
images
images

यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। त्यसैगरी,  बाँकी ९ वटा उपत्यका बाहिरका  स्थानहरु पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबार, हेटौडा, धनगढी, नेपालगञ्जमा रहेका छन्।

images
images

यस क्याम्पमा  टाटाका पेसेन्जर सेगमेन्टका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ। यस्तो  जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्नेछन्। म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमश : १८, १५ र १८  प्रतिशत छुटलगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिनेछ। यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था छ।

images
images

हाल नेपालमा टाटाका पेसेन्जर सेगमेन्टका गाडीहरु बजार द्रुत गतिमा विस्तार भइरहेको छ। यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको  कम्पनीले जनाएको छ।


प्रकाशित : शुक्रबार, पुस ८ २०७९१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend