बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लाभांशअघि लगातार सर्किट लागेकाे सिवाईसी लघुवित्तको सेयर मूल्य मर्जर र लाभांशपछि के हाेला?

शनिबार, पुस ९ २०७९
लाभांशअघि लगातार सर्किट लागेकाे सिवाईसी लघुवित्तको  सेयर मूल्य मर्जर र लाभांशपछि के हाेला?

पछिल्लो २५ दिनमा केही दिन बाहेक लगातार लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको थियो। कम्पनीको बिहीबार अन्तिम कारोबार २ हजार ६३५ रुपैयाँ कायम भएको छ। 

काठमाडौं- नाफा ४५ प्रतिशत नाफा घटेकाे सिवाईसी नेपाल लघुवित्तले सेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सिवाईसी लघुवित्तको सेयर दोस्रो बजारमा गत जुन १३ बाट कारोबारमा आएको थियो। पछिल्लो २५ दिनमा केही दिन बाहेक लगातार लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको थियो। कम्पनीको बिहीबार अन्तिम कारोबार २ हजार ६३५ रुपैयाँ कायम भएको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धेरैजसो लघुवित्त वित्तीय संस्थाको नाफा खुम्चिएको भएपनि लाभांश भने राम्रो दिने चर्चाले लगातार सर्किट लाग्दै आएको थियो।  

पछिल्लोपटक राष्ट्र बैंकले ब्याजदरमा क्याप लगाएपछि लघुवित्तको नाफामा गिरावट आएको हो। हाल राष्ट्र बैंकले लघुवित्तहरुलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन रोक लगाएको छ। यसको सीधा असर लघुवित्तको ब्याज आम्दानीमा परेको देखिन्छ।

आँधीखोला लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको सिवाईसी लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशतले गिरावट आएको थियो।

आर्थिक वर्षको पहिलो तीन महिनामा  १ करोड ५१ लाख ३७ हजार रुपैयाँ गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.१० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४०.३३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ५.५५ प्रतिशत घटेको छ। नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी आम्दानी ८३ रुपैयाँ ६३ पैसा घटेर ४९ रुपैयाँमा ७८ पैसामा झरेको छ। 

गत वर्ष कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ जारी गरेको थियो। कम्पनीको संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता रहेको छ। कम्पनीको ओपनिङ कारोबार ३८२ रुपैयाँमा भएको थियो।


प्रकाशित : शनिबार, पुस ९ २०७९०२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend