बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

फरवार्ड माइक्रो फाइनान्सकाे आकर्षक लाभांश घोषणा, बोनस सेयर र नगद कति?

शुक्रबार, पुस ८ २०७९
फरवार्ड माइक्रो फाइनान्सकाे आकर्षक लाभांश घोषणा, बोनस सेयर र नगद कति?

काठमाडौं- फरवार्ड माइक्रो फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को नाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। 

जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागिसमेत गरि ५  प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड ४४ लाख ४५ हजार रहेको छ। 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ। 


प्रकाशित : शुक्रबार, पुस ८ २०७९१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend