शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

टाटाको अर्को विद्युतीय कार पन्च ईभी सार्वजनिक हुँदै, यस्तो विशेषता र रेन्ज

images
शुक्रबार, पुस ८ २०७९
images
टाटाको अर्को विद्युतीय कार पन्च ईभी सार्वजनिक हुँदै, यस्तो विशेषता र रेन्ज

हाल आईसी इन्जिनमा बिक्री हुँदै आएको पन्च माइक्रो एसयूभीको विद्युतीय भर्सनमा आउँदै छ।

images
images

काठमाडौं- विद्युतीय कार उत्पादनमा आक्राम रहेको टाटा मोटर्सले अर्को विद्युतीय कार सार्वजनिक गर्ने भएको छ। टाटाले भारतीय बजारमा पन्चको ईभी भर्सन सार्वजनिक गर्दै छ। 

images
images
images

हाल आईसी इन्जिनमा बिक्री हुँदै आएको पन्च माइक्रो एसयूभीको विद्युतीय भर्सनमा आउँदै छ। टाटाले हाल टियागो ईभी, टिगोर ईभी, नेक्सन ईभी तथा नेक्सन ईभी म्याक्स बिक्री गर्दै आइरहेको छ। टाटा मोटर्सले आफ्नो विद्युतीय लाइनअपमा अर्को नयाँ कार थप्न लागेको हो। 

images
images

टाटाले भारतमा बिक्री गर्दै आएको नेक्सन ईभी र टियोर ईभी नेपाली बजारमा समेत उपलब्ध हरेको छ। भारतमा औपचारिक रुपमा जनवरीदेखि बिक्री हुनु हुने तुलनात्मक रुपमा सस्तो विद्युतीय कार टियागो ईभी करिब २ महिनापछि नेपाली बजारमा पनि आउनेछ। 

images
images

टाटा मोटर्स २०२१ को अक्टोबरमा आईसी इन्जिनयुक्त पन्च भारतीय बजारमा सार्वजनिक गरेको थियो। त्यसयता यो कारले राम्रो बजार लिइरहेको छ। टाटा मोटर्सले १० महिनामा भारतमा १ लाख पन्च माइक्रो एसयूभी उत्पादन गरेको थियो। 

यो कार नेपाल आउने तयारीमा रहेपनि गत भदौदेखि सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कार आयातमा प्रतिबन्ध लगाएकाले आउन सकेको थिएन। यही पुस १ देखि आयात प्रतिबन्ध हटेकाले अबको केही सयममा यो कार नेपाल आउने अनुमान गरिएको छ। तर विद्युतीय भर्सन पनि आउँदै गरेकाले विद्युतीय पन्चमात्र आउने सम्भावना पनि उत्तिकै रहेको छ। 

टाटा पन्च ईभी एएलएफए प्लेटफर्ममा बनेको छ। यो ईभीमा पनि टियागो तथा टिगोर ईभीमै प्रयोग भएको जिपट्रोन इलेक्ट्रिक पावरट्रेनमा आउनेछ। टाटा पन्च ईभी दुई ब्याट्री प्याक अप्सन मिडियम रेन्ज र लङ रेन्जमा उपलब्ध हुनेछ। 

कम्पनीले पन्च ईभीमा आईसी इन्जिनयुक्तको तुलनामा इन्टेरियर तथा एक्सटेरियरमा केही परिमार्जन गरेर ल्याउने भएको छ। पन्च ईभीलाई आकर्षक बनाउन टाटाले एक्सटेरियरमा केही थप गरेर ल्याउने भएको छ। इन्टेरियरमा पनि कारलाई विलाशी र ठूलो फराकिलो बनाउन केही विशेषताहरु थपिएका छन्। 

टाटा मोटर्सले दिल्ली अटो एक्सपो २०२३ मा सोकेस गर्ने सम्भावना रहेको छ। टाटा मोटर्सले जनवरी ११ देखि भारतको नोयडामा हुने अटो एक्सपो २०२३ मा अल्ट्रोज ईभी समेत सार्वजनिक गर्दै छ। पन्च ईभीले पनि नेक्सन ईभीले सरह रेन्ज दिने गरि ल्याउने तयारी टाटाले गरेको छ। 

बिक्रीका लागि भने टाटा पन्च ईभी २०२३ को सेप्टेम्बरमा मात्र आउने छ। यो विद्युतीय एसयूभीको मूल्य १० देखि १४ लाख भारु पर्ने अनुमान गरिएको छ। पन्च ईभी भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा समेत आउने छ। 

नेपालमा टाटाका विद्युतीय कार निक्कै लोकप्रिय छन्। नेक्सन ईभी नेपालका सर्वाधिक बिक्री हुने विद्युतीय कार हो। हाल नेपालमा टाटाको नेक्सन ईभी र टिगोर ईभी बिक्री भइरहेको छ भने टियागो ईभी दुई महिनाभित्र नेपाली बजारमा उपलब्ध हुनेछ। 


प्रकाशित : शुक्रबार, पुस ८ २०७९०८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend