शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पाँच महिनामा ३ अर्ब ८२ करोडको १३ सय ५३ विद्युतीय कार आयात

images
शुक्रबार, पुस ८ २०७९
images
पाँच महिनामा ३ अर्ब ८२ करोडको  १३ सय ५३ विद्युतीय कार आयात

हाल नेपालमा विद्युतीय कार उपलब्ध गराइ रहेका टाटा, हुन्डाई, निटा, किया, एमजी, टेस्लालगायत ब्रान्डका साथै अन्य नयाँ ब्रान्डका विद्युतीय कारसमेत नेपाल ल्याउने तयारी व्यवसायीहरुले गरेका छन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनामा १३ सय ५३ वटा विद्युतीय कार आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार पाँच महिनामा उक्त संख्यामा विद्युतीय कार आयात भएको हो।

images
images
images

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत १ सय किलोवाट मोटर क्षमताका विद्युतीय कारमा कर नबढाई त्योभन्दा बढी मोटर क्षमताका कारमा भने कर बढाएको थियो। सोही कारण हाल नेपाल आयात हुने सबैजसो विद्युतीय कार १ सय किलोवाट क्षमताकै हुने गरेका छन्।

images
images

पाँच महिनाको तथ्यांकअनुसा १ सय किलोवाट क्षमताका मोटर भएका १३ सय २० वटा विद्युतीय कार आयात भएका छन्। त्यस्तै १ सयदेखि २ सय किलोवाट क्षमताका जम्मा ३० वटा र २ सयदेखि ३ सय किलोवाट क्षमताका मोटर भएका  ३ वटा मात्र विद्युतीय कार आयात भएको भन्सारको तथ्यांक छ।

images
images

१ सय किलोवाटसम्मका विद्युतीय कार भारत, चीन, इन्डोनेसिया र दक्षिण कोरियाबाट आयात हुँदै आएको छ। भारतबाट टाटा नेक्सन ईभी र टियोर ईभी आयात भइरहेको छ भने चीनबाट निटा भीलगायत ब्रान्डका विद्युतीय कार आयात भइरहेको छ। त्यस्तै कोरियाबाट हुन्डाईको कोना ईभी र आयोनिक फाइभ विद्युतीय कार आयात हुँदै आएको छ। त्यस्तै कोरियाबाट कियाको निरो ईभी विगतमा आयात भएको र अब १ सय किलोवाट मोटर क्षमतामा आयात हुने क्रममा रहेको छ।

पाँच महिनाको अवधिमा ३ अर्ब ८२ करोड ५७ हजार रुपैयाँ मूल्य बराबरका १३ सय ५३ वटा विद्युतीय कार आयात भएका हुन्। यसबाट सरकारले १ अर्ब १० करोड २ लाख ४७ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ। सरकारले विद्युती कारको आयातमा कर सहुलियत दिएको छ। सोही कारण सरकारले विद्युतीय कारको आयातबाट पेट्रोलियम कारमा जस्तो राजस्व आम्दानी गर्न सक्दैन।

विद्युतीय कारको माग बढ्दै भएको र १ सय किलोवाट मोटर क्षमता भएका विद्युतीय कारमा करको दर कम भएकाले विभिन्न कम्पनीहरुले सोही क्षमताका विद्युतीय कार ल्याउने तयारी गरिरहेका छन्। हाल नेपालमा विद्युतीय कार उपलब्ध गराइ रहेका टाटा, हुन्डाई, निटा, किया, एमजी, टेस्लालगायत ब्रान्डका साथै अन्य नयाँ ब्रान्डका विद्युतीय कारसमेत नेपाल ल्याउने तयारी व्यवसायीहरुले गरेका छन्।


प्रकाशित : शुक्रबार, पुस ८ २०७९०३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend