शनिबार, साउन १२ गते २०८१    
images
images
images

कोरोना प्रभावबाट उठ्दै गरेको विश्व अर्थतन्त्रमा 'अभावको' धक्का

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २७ २०७८
images
images
कोरोना प्रभावबाट उठ्दै गरेको विश्व अर्थतन्त्रमा 'अभावको' धक्का

'त्यस्ता न्यून आय भएका मुलुकहरु जहाँ खाद्य सुरक्षा भरपर्दो छैन त्यहाँ खाद्यन्नको मूल्य बढिरहेको छ। गरिब घरपरिवारहरु यसबाट खराब रुपले प्रभावित हुन्छन्' उनले भनेकी छन्। 

images

काठमाडौं- कोरोना प्रभावबाट माथि उठ्दै गरेको विश्व अर्थतन्त्रमा विभिन्न अभावको प्रभावले फेरि सुस्त हुनसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले चेतावनी दिएको छ। 

images
images

मंगलबार विश्व अर्थतन्त्रको प्रक्षेपण सार्वजनिक गर्दै कोषले पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएका अभावश्रृखलाले आर्थिक पुनरुत्थान अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ। कोषले  सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धिदर ४.९ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ। त्यस्तै यो वर्षको वृद्धिदरको प्रक्षेप पनि ५.९ बाट ०.१ प्रतिशतले घटाएको छ। 

images

गरिब मुलुकहरूको पुनरुत्थान झनै सुस्त हुने कोषले जानकारी दिएको छ। 

पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न समस्याहरु देखिएका छन्। सेमीकन्डक्टर चिपको अभावबाट सुरु भएको समस्या अहिलेसम्म पुग्दा उर्जाको चरम अभाव देखिएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा चरम उर्जा संकट देखिएको छ। भारत पनि उर्जा संकटबाट गुज्रिएको छ। प्राकृतिक ग्यासको अभाव हुँदा पनि उपभोक्ता मूल्यवृद्धि बढिरहेको छ। 

images

विश्वव्यापी आपूर्तिश्रृखला प्रभावित हुँदा उपभोक्ता मूल्यमा वृद्धि हुने कोषकी मुख्य अर्थशास्त्री गीता गोपिनाथले बताएकी छन्। मूल्यवृद्धिबाट गरिब मुलुकका जनताहरु धेरै प्रभावित  हुने उनको भनाइ छ। 

'त्यस्ता न्यून आय भएका मुलुकहरु जहाँ खाद्य सुरक्षा भरपर्दो छैन त्यहाँ खाद्यन्नको मूल्य बढिरहेको छ। गरिब घरपरिवारहरु यसबाट खराब रुपले प्रभावित हुन्छन्' उनले भनेकी छन्। 

विकासोन्मुख मुलुकहरु पनि वित्तीयरुपमा खराब नियति भोगिरहेका छन्। सार्वजनिक ऋणको बढ्दो ग्राफ, उच्च मूल्यवृद्धि, अमेरिकी डलरसँग कमजोर घरेलु मुद्रा,बढ्दो ब्याजदरले गर्दा राइजिङ अर्थतन्त्र पनि प्रभावित भएका छन्। 

 


प्रकाशित : बुधबार, असोज २७ २०७८०१:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend