बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आकर्षक लाभांशले टेलिकम र नबिलको सेयर मूल्य उचालियो, कतिसम्म पुग्ला?

शुक्रबार, पुस ८ २०७९
आकर्षक लाभांशले टेलिकम र नबिलको सेयर मूल्य उचालियो, कतिसम्म पुग्ला?

काठमाडौं- दोस्रो बजारका आकर्षक दुई कम्पनीको ओरालो लागेको सेयर मूल्य बढ्न थालेको छ। उच्च लाभांश घोषणा गरेको टेलिकम र नबिल बैंक सेयर बिहीबार बढेको हो।  

नेपाल टेलिकमले लाभांश घोषणा गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ३६ रुपैयाँ बढेर ९५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। टेलिकमले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। गतवर्ष कम्पनीले २० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयरगरी ४० प्रतिशत लाभांश घोषणा दिएको थियो।

नबिल बैंकले गतवर्ष बोनस सेयर दिँदा सेयर मूल्य लगातार ओरालो लागेको थियो। तर यसवपर्ष नगद लाभांशले सेयर मूल्य उचालिएको हो। कम्पनीको एकव र्षमा सेयर मूल्य बढेर १७९९ रुपैयाँसम्म कारोबार भएको थियो। पछि घटेर पुनः ८०३ रुपैयाँमा झरेको थियो। लाभांशको चर्चासँगै कम्पनीको सेयर मूल्य पुनः बढ्न थालेको थियो। 

ntc.JPG

त्यस्तै टेलिकमले पुस २८ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ देखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्। 

नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेपछि लगातार सेयर मूल्यमा ठूलो गिरावट आएको थियो। बिहीबार भने सेयर मूल्य बढेको छ। सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको थियो। तर बिहीबार भने प्रतिकित्ता ३ रुपैयाँ ८१० रुपैयाँमा कारोबार भएको छ। 

nabil.JPG

बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

नगद सेयर आएपछि लगानीकर्ता निराष भएको अनुमान गरिएको छ। जसका कारण सेयर मूल्यमा भारी गिरावट आएको छ। आइतबार ६७ हजार कित्ता कारोबार हुँदा ५ करोड ४१ लाख रुपैयाँको किनबेच भएको छ। 

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको थियो। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 


प्रकाशित : शुक्रबार, पुस ८ २०७९०१:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend