बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नयाँ सरकारकाे अर्थमन्त्री पर्खंदै लगानीकर्ता, लगातार घट्दो ट्रेण्डले सेयर बजार न्यून बिन्दुमा जाने संकेत

बिहीबार , पुस ७ २०७९
नयाँ सरकारकाे अर्थमन्त्री पर्खंदै लगानीकर्ता, लगातार घट्दो ट्रेण्डले सेयर बजार न्यून बिन्दुमा जाने संकेत

स्थिर सरकार नबन्ने तथा अर्थमन्त्री को बन्ने तथा नियामक निकायको नेतृत्वले गर्ने नीतिगत व्यवस्थालाई समेत लगानीकर्ताले पर्खिरहेको देखिएको छ।

काठमाडौं- लगातार उतारचढावमा रहेको सेयर बजारमा बिहीबार सेयर बजारमा गिरावट आएको छ। थाेरै घटेपनि सेयर बजार एक दिन बढ्दा दुई दिन लगातार घट्ने ट्रेण्डमा देखिएको छ। मंगलबार दोहोरो अंकको वृद्धिपछि बुधबार पुनः गिरावट आएको थियो भने बिहीबार पनि बजार घटेकाे छ।

गएको केही कारोबारयता कारोबार रकममा पनि सुधार हुन सकेको देखिँदैन। लगानीकर्ताहरू अझै पनि पर्ख र हेरकै स्थितिमा रहेको देखिन्छन्। विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा लगानीकर्ता रहेका छन्। 

नयाँ सरकार गठन प्रक्रियासँगै सेयर लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा रहेका छन्। बिहीबार पनि विश्लेषकहरुले सोही रुपमा व्यख्या गरेका छन्। लगातार स्थिर हुँदै घट्ने देखिएपछि नेप्से परिसूचक १७ सयको बिन्दुमा जान सक्ने आंकलन गरिएको छ। अहिलेसम्म घटेर न्युन बिन्दुमा आउँदा पनि १८ सयदेखि १९ सयकै बिन्दुमा घुमिरहेको छ।

तर स्थिर सरकार नबन्ने तथा अर्थमन्त्री को बन्ने तथा नियामक निकायको नेतृत्वले गर्ने नीतिगत व्यवस्थालाई समेत लगानीकर्ताले पर्खिरहेको देखिएको छ। यता बैंकहरुको निक्षेप बढ्दै गएपनि ब्याजदर भने घटेको छैन। सोही कारण पनि सेयर बजारमा लगानीकर्ता विश्वस्त हुन सकेको छैनन्। 

बिहीबार नेप्से परिसूचक ०.०१ अंकले मात्रै घटेर स्थिर देखिएको छ। नेप्से १८५२. २५ बिन्दुमा स्थिर रहेकाे छ। बिहीबार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको हो। 

बुधबार ५.८९ अंकले घटेर बजार १८६७.२२ बिन्दुमा पुगेको थियो। ६३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८६ करोड ३८ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। 

गएको साता ३४.६७ अंकको गिरावट देखिएको बजारमा यो साता आइतबार नै २७.५४ अंकको गिरावट देखिएको थियो। सोमबार ३.८३ अंकको वृद्धि भएको बजार मंगलबार १४.२२ अंकको वृद्धिसहित १८७३.११ बिन्दुमा पुगेको थियो।


प्रकाशित : बिहीबार , पुस ७ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend