बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कालिका पावरको आकर्षक लाभांश घोषणा, बुक क्लोज कहिले?

बिहीबार , पुस ७ २०७९
कालिका पावरको आकर्षक लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाडौं- कालिका पावर कम्पनी लिमिटेडले १५.७८ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले अघिल्लो वर्षकै लाभांश दरलाई निरन्तरता दिएको हो। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानिकर्तालाई कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड रहेको छ। कम्पनीले यसको १५ प्रतिशतले हुन आउने १० करोड ३५ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको हो। साथै बोनस सेयर बापतको कर प्रयोजनका लागि कम्पनीले लगानीकर्तालाई ५४ लाख ४७ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

साधारण सभा तथा बुक क्लोज प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ बुक क्लोजभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनुका साथै लाभांशको भागिदार बन्नेछन्।

 


प्रकाशित : बिहीबार , पुस ७ २०७९०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend