मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

कालिका पावरको आकर्षक लाभांश घोषणा, बुक क्लोज कहिले?

images
बिहीबार , पुस ७ २०७९
images
images
कालिका पावरको आकर्षक लाभांश घोषणा, बुक क्लोज कहिले?
images
images

काठमाडौं- कालिका पावर कम्पनी लिमिटेडले १५.७८ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले अघिल्लो वर्षकै लाभांश दरलाई निरन्तरता दिएको हो। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानिकर्तालाई कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

images
images

हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड रहेको छ। कम्पनीले यसको १५ प्रतिशतले हुन आउने १० करोड ३५ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको हो। साथै बोनस सेयर बापतको कर प्रयोजनका लागि कम्पनीले लगानीकर्तालाई ५४ लाख ४७ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

images
images

साधारण सभा तथा बुक क्लोज प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ बुक क्लोजभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनुका साथै लाभांशको भागिदार बन्नेछन्।

images
images
images

 


प्रकाशित : बिहीबार , पुस ७ २०७९०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend