मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

सेयर बजार घटेसँगै डिजिटल भुक्तानी पनि ओरालोतिर

images
शुक्रबार, पुस ८ २०७९
images
images
सेयर बजार घटेसँगै डिजिटल भुक्तानी पनि ओरालोतिर

चालु आर्थिक वर्षको असोजमा ४६ खर्ब ५ अर्ब ३१ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ।

images
images

काठमाडौं- सेयर कारोबार घटेसँगै वित्तीय संस्थाहरुबाट हुने डिजिटल पेमेन्टको भुक्तानीसमेत घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार महिनादेखि नै लगातार डिजिटल भुक्तानी घटेको हो।

images
images

कोरोना महामारीमा व्यापक रुपमा बढेको डिजिटल भुक्तानी गत वर्षको मंसिर महिनादेखि नै ओरालोमा लागेको हो। गतवर्षदेखि नै ओरालो लागेको सेयर बजारका कारण डिजिटल भुक्तानीसमेत घटेको देखिएको छ। पछिल्लो महिना कात्तिकमाा ३९ खर्ब ४६ अर्ब १९ करोड ४० लाख रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको थियो। गत वर्षको कात्तिकमा डिजिटल भुक्तानी ४९ खर्ब ३१ अर्ब ९२ करोड ५० लाख रुपैयाँ थियो।

images
images

चालु आर्थिक वर्षको असोजमा ४६ खर्ब ५ अर्ब ३१ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ। त्यस्तै भदौमा ४९ खर्ब २६ अर्ब ७१ करोड ७० लाख रुपैयाँको डिजिटल भुक्तानी भएको थियो। राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्ट डिजिटल भुक्तानीमा उतारचढाव आइरहेने बताउँछन्।

images
images
images

‘सेयर कारोबारासँगै अन्य कारोबार पनि घटेका कारण डिजिटल भुक्तानी घटेको हुनसक्छ,’ भट्टले भने। यो अल्पकालिन मात्रै घट्दो भएकोले आगामी दिनमा बढ्नेनै डिजिटल भुक्तानी भएको समेत उनको भनाइ छ। 

साउनमा ५६ खर्ब ८८ अर्ब ६२ करोड ७० लाख रुपैयाँको भुक्तानी भएको थियो। उता गत वर्षको असारमा ६२ खर्ब २७ अर्ब ६४ करोड ७० लाख रुपैयाँको डिजिटल भुक्तानी भएको थियो। मोबाइल बैंकिङको भुक्तानी संख्या भने केही बढेको छ।

गतवर्षको कात्तिकमा मोबाइल बैंकिङ १ करोड २६ लाख १५ हजार ६ सय १७ पटक भएको थियो। तर चालु वर्ष बढेर कात्तिकमा २ करोड ५ लाख ८ हजार २९ पटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा छ। भुक्तानीको रकम भने घटेको छ। 

गतवर्षको कात्तिकमा १ खर्ब ६२ अर्ब १३ करोड ७०  लाख रुपैयाँको भुक्तानी भएकोमा चालु आर्थिक वर्षको कात्तिकमा १ खर्ब ५१ अर्बै ९८ करोड ७० लाख रुपैयाँको मात्रै भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा रहेको छ। कनेक्ट आईपीएसबाट हुने पनि कारोबार संख्या बढेता पनि भुक्तानी रकम भने घटेको छ। 

तथ्यांकअनुसार गतवर्षको कात्तिकमा कनेक्ट आईपीएसबाट २ करोड ७६ लाख ५ सय ३ वटा कारोबार भएको थियो। तर चालु वर्षको कात्तिकमा ३ करोड ६४ लाख ५५ हजार ९५ वटा कारोबार भएको छ।  इन्टरनेट बैंंकिङ कारोबार पनि घटेको तथ्यांक छ।

गत वर्षको कात्तिकमा २ लाख ५० हजार १ सय ७७ कारोबार भएकोमा चालु वर्षको कात्तिकमा २ लाख ३४ हजार १ सय ७ कारोबार मात्रै भएको छ। गतवर्ष ११ अर्ब ९ करोड रुपैयाँ भुक्तानी भएकोमा चालु वर्षको कात्तिकमा ११ अर्ब ७ करोड रुपैयाँको मात्रै भुक्तानी भएको छ। 

payment.png


प्रकाशित : शुक्रबार, पुस ८ २०७९०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend