बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३
जीवन बीमामा पहिलो मर्जर

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

बिहीबार , पुस ७ २०७९
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट मंसिर २ गते प्रारम्भिक स्वीकृति तथा नेपाल धितोपत्र बोर्डबाट मंसिर २५ गते स्वीकृति पाएको थियो ।

काठमाडौं- मर्जर रोजेका सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आजबाट एकीकृत कारोबार गर्ने सुरु गरेका छन्। दुई कम्पनीलाई एक आपसमा गाभ्ने-गाभिने सम्बन्धमा अन्तिम स्वीकृति पाएका थिए। दुई कम्पनीले बिहीबारदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार सुरु गरेका हुन्।

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट मंसिर २ गते प्रारम्भिक स्वीकृति तथा नेपाल धितोपत्र बोर्डबाट मंसिर २५ गते स्वीकृति पाएको थियो ।

यसअघि कार्तिक २८ गते सम्पन्न भएको दुबै कम्पनीको छुट्टाछुट्टै साधारण सभाले सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता सेयर बराबर ज्योति लाइफको ०.८२४५ कित्ता अनुपातमा मर्जरमा जाने र एकीकृत जीवन बीमा कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम गर्ने प्रस्ताव पारित गरेको थियो।

जीवन बीमा कम्पनीतर्फ यो पहिलो सम्पन्न भएको मर्जर हो। निर्जीवन बीमा कम्पनीतर्फ भने दुई वटा सफल मर्जर सम्पन्न भएर चार वटा कम्पनी दुई वटामा कायम भइसकेका छन्। जीवन बीमा कम्पनीतर्फ अन्य कम्पनीहरु पनि मर्जरमा रहेको भएपनि एकीकृत कारोबार गरिसकेका छैनन्।

सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ। त्यस्तै ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ छ। स्वाप रेसियोका आधारमा ज्योति लाइफको चुक्ता पुँजी एक अर्ब ९९ करोड ५२ लाख ९० हजार कायम हुनेछ। स्वाप रेसियोका आधारमा मर्जर पछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ।


प्रकाशित : बिहीबार , पुस ७ २०७९०६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend