शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पाँच महिनामा राष्ट्र बैंकबाट वित्तीय संस्थाहरूले करिब २७ खर्बको एसएलएफ सुविधा लिए, निक्षेप ५२ खर्ब ६० अर्ब पुग्यो

images
बिहीबार , पुस ७ २०७९
images
पाँच महिनामा राष्ट्र बैंकबाट वित्तीय संस्थाहरूले करिब २७ खर्बको एसएलएफ सुविधा लिए, निक्षेप ५२ खर्ब ६० अर्ब पुग्यो

राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमालाई आधार मान्दा २ खर्ब ३० अर्ब भन्दा बढी बैंकहरुले ऋण प्रवाह गर्न सक्ने अवस्थामा रहेको क्षेत्री बताउँछन्। 

images
images

काठमाडौं- वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट स्थायी तरलता (एसएलएफ) पाँच महिनाको अवधिमा २६ खर्ब ८२ अर्ब ७० करोड १३ सुविधा लिएका छन्। मंसिर २९ सम्मको यस्तो रकम ९ खर्ब ५९ अर्ब  बक्यौता रहेको छ।

images
images
images

पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्री अहिले बैंकहरुमा निक्षेप बढ्दो ट्रेण्डमा रहेकोले समस्या समाधान हुदै गएको बताउँछन्। बैंकहरूको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था, उच्च व्याजदर आदिका कारणले कर्जाको मागमा कमी, बैंकहरूले राष्ट्र बैंकबाट लिने रिपो/एसएलएफमा उल्लेख्य गिरावट आएको समेत क्षेत्री बताउँछन्। 

images
images

वित्तीय संस्थाहरुमा बिहीबारसम्म निक्षेप ५२ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। एकै दिन ३ अर्ब निक्षेप थपिएको छ। यता ऋण लगानी भने एक अर्ब मात्रै थपिएको छ। वित्तीय संस्थाहरुको ऋण प्रवाह ४७ खर्ब ५९ अर्ब पुगेको छ। राष्ट्र बैंकका अनुसार निक्षेप कर्जा (सीडी) अनुपात ८५.८७ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमालाई आधार मान्दा २ खर्ब ३० अर्ब भन्दा बढी बैंकहरुले ऋण प्रवाह गर्न सक्ने अवस्थामा रहेको क्षेत्री बताउँछन्। 

images
images

राष्ट्र बैंकका अनुसार साउन १ देखि मंसिर २९ गतेसम्म वाणिज्य बैंकहरुले उक्त रकम अल्पकालीन सापटीको रुपमा लिएका हुन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम तरलता अभाव हुँदा बैंकहरुले केन्द्रीय बैंकबाट यस्तो सुविधा लिने गरेका छन्।

१ हजार ५९८ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएका छन् बैंकहरुले कात्तिक ६ गते सबैभन्दा बढी ८७ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ लिएका थिए।

कात्तिक १४ गते ७५ अर्ब १६ करोड ७४ लाख रुपैयाँ, असोज १४ गते ७१ अर्ब ४ करोड ७० लाख रुपैयाँ, भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका थिए। यस्तै साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तो सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ।

बैंकहरुले नगद व्यवस्थापन गर्न नसकेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन्। अहिले राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ। बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ। 

चालु आवको सुरुदेखि नै अन्तर बैंक व्याजदर वार्षिक ८.५ प्रतिशत को हाराहारीमा भएकोमा अहिले घटेरअन्तरबैंक कारोवार ६.५ प्रतिशतको हाराहारीमा रहेको छ। अहिले करिब १२-१३ वाणिज्य बैंकहरू अन्तरबैंक बजारमा सापटी दिन सक्ने अवस्थामा रहेका छन्।


प्रकाशित : बिहीबार , पुस ७ २०७९०६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend