बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

टेलिकमको लाभांश घोषणा, बोनस सेयरबाट पछि हट्दा सेयर मूल्य के होला?

बिहीबार , पुस ७ २०७९
टेलिकमको लाभांश घोषणा, बोनस सेयरबाट पछि हट्दा सेयर मूल्य के होला?

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ देखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

काठमाडौं- नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ। टेलिकमको बुधबार बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको हो।

टेलिकमले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। गतवर्ष कम्पनीले २० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयरगरी ४० प्रतिशत लाभांश घोषणा गरेको थियो। गतवर्ष बोनस सेयर दिँदा सेयर मूल्य लगातार ओरालो लागेको थियो। 

त्यस्तै टेलिकमले पुस २८ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ देखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्।


प्रकाशित : बिहीबार , पुस ७ २०७९०४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend