बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कुमारी  र एनसीसी बैंकलाई मर्जरको अन्तिम स्वीकृत, एकीकृत कारोबारको तयारी

बिहीबार , पुस ७ २०७९
कुमारी  र एनसीसी बैंकलाई मर्जरको अन्तिम स्वीकृत, एकीकृत कारोबारको तयारी

जगेडा कोषहरुमा भएको रकमलगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले कुमारी बैंक र एनसीसी बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकको स्वीकृतसँगै कुमारी र एनसीसीबीच एकीकृत कारोबार हुने गर्ने गरि तयारी सुरु गरेका छन्।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसीका रमेशराज अर्याल हुनेछन् भने कुमारीका सीईओ रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन्।

मर्जरपछि बैंकको नाम कुमारी बैंक रहनेछ भने चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ र कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ।

जगेडा कोषहरुमा भएको रकमलगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।


प्रकाशित : बिहीबार , पुस ७ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend