शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

उत्पादन घटेपछि भारतबाट विद्युत आयात सुरु, अर्को वर्ष २० अर्बको निर्यात लक्ष्य

images
बिहीबार , पुस ७ २०७९
images
उत्पादन घटेपछि भारतबाट विद्युत आयात सुरु, अर्को वर्ष २० अर्बको निर्यात लक्ष्य
images
images

काठमाडौं- जलविद्युत केन्द्रहरूबाट विद्युत उत्पादन कम भएसँगै भारततर्फको विद्युत निर्यात रोकिएर नेपालतर्फ आयात हुन थालेको छ। मंसिर २९ गतेदेखि नेपाल विद्युत प्राधिकरणले विद्युत आयात गर्न थालेको हो।

images
images
images

अहिले जाडोको समयमा पीक समयमा डिमान्ड १५८५ मेगावाट रहेको छ। नेपालमा बर्षादको समयमा २२ सय मेगावाटसम्मको उत्पादन हुने गरेकोमा अहिले ८ सयदेखि एक हजार मेगावाट मात्रै उत्पादन हुने गर्दछ।

images
images

नेपाल विद्युत प्राधिकरणले नदी तथा खोलामा पानीको सतह कम भइ नदी प्रवाहीमा आधारित (आरओआर) जलविद्युतगृहको उत्पादन घटेपछि निर्यात रोकेर आयात गर्न थालेको हो। 

images
images

प्राधिकरणले मंसिर २९ मा १३८ मेगावाट आयात गरेको छ। त्यस्तै पुस १ गते १३४ मेगावाट, पुस २ गते ९६ मेगावाट, पुस ३ गते १२१.५ मेगावाट र पुस ४ गते २३९.५५ मेगावाट बिजुली आयात गरिएको छ। 

चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत माग बढेको तर खोलानालामा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरूबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए। आन्तरिक जलविद्युतगृहको उत्पादनले आपूर्ति व्यवस्थापन हुन नसकेपछि आयात सुरु गरिएको हो।

देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत माग धान्न भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण अब जेठसम्म बिजुली आयात हुने भट्टराईले जानकारी दिए। प्राधिकरणका अनुसार बैशाख अन्तिम या जेठको पहिलो हप्ताबाट फेरि विद्युत निर्यात सुरु हुनेछ। 

७ महिनामा ११ अर्बको निर्यात, आउने वर्ष २० अर्बको लक्ष्य

नेपाल विद्युत् प्राधिकरणले १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणले आउने वर्ष २० अर्ब निर्यातको लक्ष्य लिएको छ। 

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो। प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ। यसबाट मुलुकको वैदेशिक मुद्राको सञ्चिति बढाउनमा पनि योगदान पुगेको छ। 

सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो। त्यसपछि गत जेठ २७ बाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा ३ सय ६४ मेगावाट भारतीय बजारमा विभिन्न दरमा बिक्री गरिएको थियो। 

प्राधिकरणले गत कात्तिक १८ र ३० देखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो। यो सँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय आठ मेगावाट बराबर पुगेको थियो।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको थियो। चालु आवको पुस ३ सम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार आर्जन गरेको छ। 

आइएक्समा विद्युत खरिद बिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ। प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट आठ रुपैयाँ २२ पैसा छ।


प्रकाशित : बिहीबार , पुस ७ २०७९०२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend