बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एकदिन दोहोरो अंकको वृद्धिपछि फेरि घट्यो सेयर बजार

बुधबार, पुस ६ २०७९
एकदिन दोहोरो अंकको वृद्धिपछि फेरि घट्यो सेयर बजार

काठमाडौं- लगातार उतारचढावमा रहेको सेयर बजारमा मंगलबार दोहोरो अंकको वृद्धिपछि बुधबार पुन: गिरावट देखिएको छ। 

सोमबारको सामान्य वृद्धिलाई साथ मिल्नेगरि मंगलबारको बजार सकारात्मक बनेको थियो। तर बुधबार त्यहीअनुरुप बजारमा सुधार देखिन सकेन। 

बुधबार ५.८९ अंकले घटेर बजार १८६७.२२ बिन्दुमा पुगेको छ। ६३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८६ करोड ३८ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

गएको केही कारोबारयता कारोबार रकममा पनि सुधार हुन सकेको देखिँदैन। लगानीकर्ताहरू अझै पनि पर्ख र हेरकै स्थितिमा रहेको देखिन्छन्। विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा लगानीकर्ता रहेका छन्। 

लगातार भइरहेको उतारचढावले थामिने बिन्दु भेटिन कठिन देखिइरहेको छ। उतारचढावपूर्ण बजारमा देखिएको अवस्थाले नयाँ सरकार नआउँदासम्म उही शैलीमा रहने विश्लेषकहरू बताउँछन्। नयाँ सरकार गठनपछि मात्रै बजारले लय लिने उनीहरूको भनाइ छ। 

गएको साता ३४.६७ अंकको गिरावट देखिएको बजारमा यो साता आइतबार नै २७.५४ अंकको गिरावट देखिएको थियो। सोमबार ३.८३ अंकको वृद्धि भएको बजार मंगलबार १४.२२ अंकको वृद्धिसहित १८७३.११ बिन्दुमा पुगेको थियो।


प्रकाशित : बुधबार, पुस ६ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend