बुधबार, वैशाख १२ गते २०८१    
images
images

किसानसँगको वाचा पूरा गर्दै विनोद चौधरी, १५ करोड लगानीमा सुस्तामा खुल्दैछ कृषिमा आधारित उद्योग 

images
images
images
किसानसँगको वाचा पूरा गर्दै विनोद चौधरी, १५ करोड लगानीमा सुस्तामा खुल्दैछ कृषिमा आधारित उद्योग 

राजनीतिक दलको उम्मेद्वार भएका नाताले मतदाताले चुनावको क्रममा विभिन्न अपेक्षा गर्छन्। उद्योगपति भएकाले चौधरीसँग रोजगारी तथा आम्दानीको अपेक्षा धेरै थियो। 

images
images

काठमाडौं- मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट उद्योगपति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका चौधरी अहिले नियमित राजनीतिक गतिविधिमा सक्रिय भइरहेका छन्। राजनीतिक गतिविधिमा सक्रिय भएपनि चौधरीले चुनावी अभियानको क्रममा गरेका वाचा पूरा गरिरहेका छन्। 

images
images
images

राजनीतिक दलको उम्मेद्वार भएका नाताले मतदाताले चुनावको क्रममा विभिन्न अपेक्षा गर्छन्। उद्योगपति पनि भएकाले चौधरीसँग रोजगारी तथा आम्दानीको अपेक्षा धेरै थियो। भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्यसँगै चौधरीसँग अरु धेरै अपेक्षा मतदाताले राखेका थिए। चौधरीले पनि सोहीअनुसारको प्रतिबद्धता गरेका थिए। सांसदको सपथ नखाँदै चौधरीले आफ्नो क्षमतामा हुनसक्ने कामहरू गर्न सुरु गरेका छन्। 

images

मत माग्न गाउँ गाउँ पुग्दा चौधरीले आफै पनि जनताका समस्या देख्न पाए। चुनावी प्रचारको क्रममा सबैतिर घुम्दा जिल्लाका केही सम्भावना र समस्या पहिचान भयो। चौधरीको समूहले यसको पहिचान गरेको थियो। 

images

'हामीले जिल्लाका समस्यामात्र होइन सम्भावनाको पनि खोजी गर्‍यौँ। सम्भावनामा टेक्दै समाधान कसरी गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धान पनि गरियो' चौधरी समूहले भन्यो।

images
images

प्रचारकै क्रममा त्यहाँको समस्या रोजगारी भएको चौधरीले पहिचान गरे। वैदेशिक रोजगारीमा धेरै जाने त्यही नवलपरासी जिल्ला पर्छ। चरम रोजगारीको समस्या भएको पाइयो। 

रोजगारीको समस्यामात्र होइन त्यहाँ अवसर र सम्भावना पनि थियो। कयौँ कृषि उत्पादनको सम्भावना भएको जिल्ला पनि हो नवलपरासी। त्यसमध्ये प्रमुख उत्पादन हुने केरा हो। केरा उत्पादन धेरै भएर पनि भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा त्यहाँका किसानलले लाभ लिन सकेका छैनन्।

यसैले केरा उत्पादनलाई व्यवासायिक बनाएर किसानलाई लाभान्वित बनाउने पूरै सम्भावनाको खोजीमा चौधरीको टिम लाग्यो। 

उद्योग व्यवसायमा सफलताको मानक बनाएर धेरै नेपालीका आइकन बनेका चौधरीले एउटा विकल्प निकाले- केरा उत्पादकलाई लाभान्वित बनाउनका लागि उद्योगसँग जोड्ने। केरामा आधारित उद्योग स्थापनापछि एकातिर उत्पादकहरू व्यवसायी बन्ने र रोजागरी पनि सिर्जना हुने। 

यही आधारमा केराबाट उत्पादन हुने प्रोडक्ड उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने चौधरीले घोषणा गरे। उनी निर्वाचनकै क्रममा रहँदा कम्पनी दर्ता भयो। अहिले आएर उद्योग दर्ता भएको छ।  

चौधरीले सीजी स्न्याक्स उद्योगका लागि अब पूर्वाधार निर्माणको काम अघि बढाउने भएको छ। १५ करोड ५० लाख रुपैयाँ लगानीमा खुल्ने यो उद्योग नवलपरासीको सुस्तामा खुल्ने छ। 

यो उद्योगले वर्षमा १ हजार टन 'बनना चिप्स' उत्पादन गर्ने लक्ष्य लिएको छ। बजार लिँदै गएमा उत्पादन बढ्दै जाने छ। अहिले जिल्लाभर उत्पादन हुने केरा खपत गर्नेगरि उत्पादनको व्यवस्थापन उद्योगले गर्ने छ। 

यो उद्योगमा ५८ जनाले प्रत्यक्ष रोजगारी पाउने उद्योग विभागमा पेश गरिएको विवरणमा उल्लेख छ। 

उद्योगबाट प्रत्यक्ष रोजगारीभन्दा पनि किसानलाई पुग्ने लाभलाई चौधरीले प्राथमिकता दिएका छन्। किसानले उत्पादन गरेको केराले उचित मूल्य पाएमा धेरैभन्दा धेरै किसानले अधिक उत्पादन गर्ने र यसबाट अहिलेसम्म सामान्य किसान रहेकाहरू भोलि समृद्ध हुनेछन्। 

समूहको उद्देश्य भनेको किसानलाई समृद्ध बनाउने हो। व्यावसायिक किसान बनाउने हो। उनीहरूको आम्दानी बढाउने हो। समग्र जिल्लाकै किसान एकैपटक सशक्त हुनेछ समूहको तर्क छ।

images

प्रकाशित : बुधबार, पुस ६ २०७९०७:०९

प्रतिक्रिया दिनुहोस