बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर लाभांश घोषणाले सिभिल बैंकको सेयर मूल्य उचालियो, मर्जरपछि मूल्य के होला?

बुधबार, पुस ६ २०७९
सेयर लाभांश घोषणाले सिभिल बैंकको सेयर मूल्य उचालियो, मर्जरपछि मूल्य के होला?

काठमाडौं- सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेकै दिन सेयर खरिदमा लगानीकर्ता झुम्मिएका छन्। 

बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकहरूले नगद लाभांश दिने घोषणा गरिरहेका बेला सिभिल बैंकले सेयर लाभांश घोषणाले लगानीकर्ता आकर्षित भएका छन्। सिभिल बैंकको पछिल्लो एकवर्षमा ३ सय रुपैयाँसम्म पुगेको थियो भने १९० रुपैयाँसम्म मूल्य झरेको थियो। 

योसँगै सिभिल बैंकको सेयर मूल्य मंगलबार बढेर २१८.७० रुपैयाँमा कारोबार भएको छ। बैंकको सेयर मूल्यसँगै धेरै कारोबार हुने सूचीमा दोस्रो भएको छ। बैंकको मंगलबार मात्रै १ लाख ८६ हजार कित्ता सेयर किनबेच भएको छ। भने ४ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

civil.JPG

सिभिल बैंकले हिमालयन बैंकसँग एक्विजिशनमा जाने सम्झौता गरेको सिभिल बैंकले सबै सूचकमा सुधार गर्दै लगेको छ। बैंकको एकीकृत कारोबार पुस मसान्तभित्रै गर्ने तयारी गरेको छ। 

हिमालयन र सिभिल बैंकबीच १००ः८१ मा मर्जर सहमति भएको थियो। हाल हिमालयन बैंकको पनि सेयर मूल्य बढीरहेको छ। बैंकको हाल ३२२ रुपैयाँमा कारोबार भइरहेको छ। हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुने छ। 

नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका सीईओ अशोक राणा नै रहने छन्। नयाँ बन्ने बैंकको सञ्चालक समितिमा सिभिलका कुनै पनि सञ्चालक रहने छैनन्। सिभिल बैंकका हालका सीईओ नयाँ बैंकको डेपुटी सीईओ हुनेछन् भने कर्मचारी बराबरी हैसियतमा समायोजन हुनेछन्।


प्रकाशित : बुधबार, पुस ६ २०७९०२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend