बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दोहोरो अंकको वृद्धिसहित सेयर बजारमा देखियो सुधार, कारोबार रकम भने बढेन

मंगलबार, पुस ५ २०७९
दोहोरो अंकको वृद्धिसहित सेयर बजारमा देखियो सुधार, कारोबार रकम भने बढेन

काठमाडौं- लगातार उतारचढावमा रहेको सेयर बजारमा मंगलबार दोहोरो अंकको वृद्धि देखिएको छ। सोमबारको सामान्य वृद्धिलाई साथ मिल्नेगरि मंगलबारको बजार सकारात्मक बनेको हो। 

मंगलबार १४.२२ अंकको वृद्धिसहित बजार १८७३.११ बिन्दुमा पुगेको छ। ९३ करोड ८ लाख रुपैयाँको कारोबार हुँदा १५२ कम्पनीको सेयर मूल्य बढेको छ। ४६ कम्पनीको सेयर मूल्यमा कमी आएको छ भने १३ कम्पनीको मूल्य परिवर्तन भएको छैन। 

गएको केही कारोबारयता कारोबार रकममा भने सुधार हुन सकेको देखिँदैन। लगानीकर्ताहरू अझै पनि पर्ख र हेरकै स्थितिमा रहेको देखिन्छन्। विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा लगानीकर्ता रहेका छन्। 

लगातार भइरहेको गिरावटले थामिने बिन्दु भेटिन कठिन देखिइरहँदा बजारमा वृद्धि देखिएको हो। उतारचढावपूर्ण बजारमा देखिएको अवस्थाले नयाँ सरकार नआउँदासम्म उही शैलीमा रहने विश्लेषकहरू बताउँछन्। नयाँ सरकार गठनपछि मात्रै बजारले लय लिने उनीहरूको भनाइ छ। 

गएको साता ३४.६७ अंकको गिरावट देखिएको बजारमा यो साता आइतबार नै २७.५४ अंकको गिरावट देखिएको थियो। सोमबार ३.८३ अंकको वृद्धिसँगै बजार १८५८.८९ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : मंगलबार, पुस ५ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend