बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हकप्रदको चर्चाकै बीच नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य इतिहासकै कमजोर, किन बढ्न सकेन मूल्य?

मंगलबार, पुस ५ २०७९
हकप्रदको चर्चाकै बीच नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य इतिहासकै कमजोर, किन बढ्न सकेन मूल्य?

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले पछिल्लो दुई दोस्रो बजारमा एकछत्र राज गरेको थियो। पछिल्लो समय भने कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। कम्पनीको सेयर मूल्य घटेर ६५७.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ।  

उच्च मूल्यबाट कम्पनीको सोमबारसम्म ६५७.१० रुपैयाँमा आइपुगेको छ। नेपाल स्टकएक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको थियो।

एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ५९१ रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। कम्पनीले दुईवर्ष अगाडि कम्पनीले गत वर्ष १९ प्रतिशत लाभांश दिएको थियो। गतवर्ष घटेर ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

rensurence 11.JPG

कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। 

पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। कम्पनीको चुक्तापुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरी छलफल थालेको छ। 

कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउने नीतिसमेत लिएको छ। कम्पनीले १ः१ को अनुपातमा हकप्रद दिएर चुक्तापुँजी बढाउने रणनीतिमा रहेको छ। कम्पनीको हाल बजार पुँजीकरण ८० अर्ब ३७ करोड रुपैयाँमा झरेको छ। गतवर्षसम्म कम्पनीको बजार पुँजीकरण डेढ खर्ब रुपैयाँसम्म पुगेको थियो। 


प्रकाशित : मंगलबार, पुस ५ २०७९०१:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend