बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगातार घटिरहेको सेयर बजारमा देखियो सामान्य वृद्धि, ८८ करोड रुपैयाँको मात्र कारोबार

सोमबार, पुस ४ २०७९
लगातार घटिरहेको सेयर बजारमा देखियो सामान्य वृद्धि, ८८ करोड रुपैयाँको मात्र कारोबार

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा सोमबारको कारोबारमा सामान्य वृद्धि देखिएको छ। गएको साता ३४.६७ अंकको गिरावट देखिएको बजारमा यो साता आइतबार नै २७.५४ अंकको गिरावट देखिएको थियो।

सोमबार ३.८३ अंकको वृद्धिसँगै बजार १८५८.८९ बिन्दुमा पुगेको छ। ८८ करोड ६० लाख ९८ हजार रुपैयाँको कारोबार हुँदा १२५ कम्पनीको सेयर मूल्य बढेको छ। 

लगातार भइरहेको गिरावटले थामिने बिन्दु भेटिन कठिन देखिइरहँदा सोमबार सामान्य वृद्धि देखिएको हो। उतारचढावपूर्ण बजारमा देखिएको अवस्थाले नयाँ सरकार नआउँदासम्म उही शैलीमा रहने देखिन्छ। लगानीकर्ताहरू नयाँ सरकार गठनपछि हुने नीतिको पर्खाइमा देखिएको विश्लेषकहरू बताउँछन्। अब बन्ने सरकार र त्यसमा अर्थमन्त्रीसहित उनको नीतिगत विश्वस्तताको पर्खाइ लगानीकर्तामा रहेको उनीहरूको भनाइ छ। 

 


प्रकाशित : सोमबार, पुस ४ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend