बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रतिकित्ता ९०९ रुपैयाँको मूल्य भएको आशा लघुवित्तको सेयर ३९५ मा किन्ने अवसर

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ४ २०७९
प्रतिकित्ता ९०९ रुपैयाँको मूल्य भएको आशा लघुवित्तको सेयर ३९५ मा किन्ने अवसर

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ। ६६ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। खरिदका लागि इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ। हालको सेयर मूल्य ९०९ रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ। 

आवेदन कम्पनीको केन्द्रीय कार्यालय ककनी नुवाकोट पुग्नेगरि पेस गर्नु पर्नेछ। उक्त सेयर बिक्रीका लागि लघुवित्तले सुरुमा गत साउन १७ गते संस्थापकहरुकै लागि ३५ दिने सूचना जारी गरेको थियो। तर संस्थापक समूहबाट पर्याप्त आवेदन नपरेका कारण लघुवित्तले उक्त सेयर जो कोही व्यक्ती तथा संस्थाका लागि बिक्री खुलाएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोहीले आवेदन दिन सक्नेछन्।


प्रकाशित : सोमबार, पुस ४ २०७९०९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend