शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

प्रतिकित्ता ९०९ रुपैयाँको मूल्य भएको आशा लघुवित्तको सेयर ३९५ मा किन्ने अवसर

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ४ २०७९
images
प्रतिकित्ता ९०९ रुपैयाँको मूल्य भएको आशा लघुवित्तको सेयर ३९५ मा किन्ने अवसर
images
images

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ। ६६ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

images
images
images

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। खरिदका लागि इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ। हालको सेयर मूल्य ९०९ रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ। 

images
images

आवेदन कम्पनीको केन्द्रीय कार्यालय ककनी नुवाकोट पुग्नेगरि पेस गर्नु पर्नेछ। उक्त सेयर बिक्रीका लागि लघुवित्तले सुरुमा गत साउन १७ गते संस्थापकहरुकै लागि ३५ दिने सूचना जारी गरेको थियो। तर संस्थापक समूहबाट पर्याप्त आवेदन नपरेका कारण लघुवित्तले उक्त सेयर जो कोही व्यक्ती तथा संस्थाका लागि बिक्री खुलाएको हो।

images
images

उक्त सेयर खरिद गर्न इच्छुक जो कोहीले आवेदन दिन सक्नेछन्।


प्रकाशित : सोमबार, पुस ४ २०७९०९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend