सोमबार, वैशाख २४ गते २०८१    
images
images

जीएसटी दर संशोधन हुँदा भारतमा ब्रेजा, नेक्सन, भेन्यू, सोनेटलगायत कम्प्याक्ट एसयूभी सस्तो हुने, नेपालमा के होला? 

images
images
images
जीएसटी दर संशोधन हुँदा भारतमा ब्रेजा, नेक्सन, भेन्यू, सोनेटलगायत कम्प्याक्ट एसयूभी सस्तो हुने, नेपालमा के होला? 

भारतमा अन्तःशुल्क, भ्याट, रोड ट्याक्स, मोटर भेहिकल ट्याक्स र २०/२२ प्रतिशत जीएसटीसहित भारतमा एसयूभी कारमा ५० प्रतिशतभन्दा बढी कर लाग्दै आएको छ।

images
images

काठमाडौं- भारतमा जीएसटी लगाएका कारण वस्तुको मूल्य धेरै भएको गुनासो हुँदै आएको छ। सवारीसाधनमा पनि जीएसटी लगाइएकाले मूल्य बढी पर्दै आएको छ। त्यसैले यसबारेमा जीएसटी घटाउनु पर्ने व्यापक माग हुँदै आएको थियो। 

images
images
images

सोही मागलाई सम्बोधन गर्दै भारतको जीएसटी काउनसिलले सवारीसाधनमा लाग्दै आएको जीएसटी ५ प्रतिशत वा शून्यमा झार्न सिफारिस गरेको छ। हाल कायम रहेको जीएसटीका कारण अटोमोबाइलका उत्पादनमा पनि एसयूभी सेगमेन्टका सवारी बढी महँगो हुँदै आएको छ।

images

हाल भारतमा एयसूभीलयातका सवारीमा २० देखि २२ प्रतिशत जीएसटी लाग्दै आएको छ। यो दर राज्य तथा अन्तरराज्यमा हुने निर्यातका आधारमा फरक फरक रहेको छ। 

images

भारतको जीएसटी काउनसिलको अध्यक्ष केन्द्रीय वित्त मन्त्री हुने व्यवस्था रहेको छ। वित्त मन्त्री निर्मला सितारमणको नेतृत्वमा हालै बसेको जीएसटी काउनसिलको बैठकले एसयूभी सेगमेन्टका सवारीमा लाग्दै आएको जीएसटी परिमार्जन योग्य रहेको सिफारिस गरेको द टाइम्स अफ इन्डियाले लेखेको छ। भारतमा नयाँ नियमअनुसार १५ सयभन्दा माथि इन्जिन क्षमता भएका, ४ हजार एमएमभन्दा बढी लेन्थभएका र १ सय ७० एमएमभन्दा बढी ग्राउन्ड क्लियरेन्स भएका सवारीलाई एसयूभीका रुपमा वर्गीकरण गरिएको छ। 

images
images

भारतमा अन्तःशुल्क, भ्याट, रोड ट्याक्स, मोटर भेहिकल ट्याक्स र २०/२२ प्रतिशत जीएसटीसहित भारतमा एसयूभी कारमा ५० प्रतिशतभन्दा बढी कर लाग्दै आएको छ। जीएसटी काउनसिलले गरेको नयाँ सिफारिसअनुसार साना तथा कम्प्याक्ट एसयूभी कारका खरिदकर्तालाई फाइदा पुग्ने छ। 

हुन्डाई भेन्यू, किया सेल्टोस, सुजुकी ब्रेजा र महिन्द्रा एक्सयूभी ३०० लगायत कम्प्याक्ट एसयूभी कार अहिलेको तुलनामा भारतीय बजारमा सस्तो मूल्यमा उपलब्ध हुनेछ। जीएसटी काउनसिलले गरेको सिफारिस कार्यान्वनमा आएमा उल्लेखित सवारीमा ५ प्रतिशतमात्र वा त्योभन्दा कम जीएसटी लाग्नेछ। 

तर भारतमा जीएसटी घटाउँदा खरितकर्तामा त्यसको प्रत्यक्ष फाइदा हुनेछ। यता नेपाल आउने सवारीमा भने त्यसको कुनै प्रभाव नगर्ने व्यवसायीहरुको भनाइ छ। भारतमा जीएसटी घट्न लागेका कम्प्याक्ट एसयूभी सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३०० लगायत कार नेपाली बजारमा समेत आयात हुँदै आएको छ। 

आयातमात्र नभइ यी कार नेपालीमा उल्लेख्य बिक्री हुँदै आएको छ। पछिल्लो समय कम्प्याक्ट एसयूभी सेगमेन्टका कारको बिक्री हिस्सा नेपालसहित भारतलगायत देशमा बढ्दै गएको छ। नेपालमा इन्धन सवारीमा करको दर उच्च रहेको छ। त्यसैले पनि यो सेगमेन्टसहित विद्यूतीय बाहेकका सबै कारमा कर धेरै लगाइएको छ। 

विद्युतीय कारमा भने सरकारले कर सहुलियत दिएकाले तुलनात्मक रुपमा पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा विद्युतीय कार सस्तो मूल्यमा उपलब्ध हुँदै आएको छ। कम्प्याक्ट सेगमेन्टका विद्युतीय कार पनि लोकप्रिय रहेको छ। 

images

प्रकाशित : सोमबार, पुस ४ २०७९०५:३५

प्रतिक्रिया दिनुहोस