बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लाभांश घोषणापछि नबिल बैंकको सेयर मूल्य किन लगातार घट्यो?

आइतबार, पुस ३ २०७९
लाभांश घोषणापछि नबिल बैंकको सेयर मूल्य किन लगातार घट्यो?

काठमाडौं- नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेपछि लगातार सेयर मूल्यमा ठूलो गिरावट आइरहेको छ।

सञ्चालक समतिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको थियो। तर पहिलो दिन नै घटेर दोस्रो ८१५ रुपैयाँमा कारोबार भएको थियो। यो साताको आइतबारसम्म आइपुग्दा सेयर मूल्य घटेर ७९४ रुपैयाँमा आइपुगेको छ। आइतबार पनि प्रतिकित्ता १० रुपैयाँले घटेको छ। 

बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

नगद सेयर आएपछि लगानीकर्ता निराश भएको अनुमान गरिएको छ। जसका कारण सेयर मूल्यमा भारी गिरावट आएको छ। आइतबार ६७ हजार कित्ता कारोबार हुँदा ५ करोड ४१ लाख रुपैयाँको किनबेच भएको छ। 

nabil.JPG

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको थियो। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 

बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  खुद नाफा ४१.३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 
 
सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने ५.१ रुपैयाँले घटेर २७.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२.११ रुपैयाँ रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, पुस ३ २०७९११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend