बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कृषि विकास बैंकको सेयर मूल्य एकदशकयताकै सस्तो, कति आउला लाभांश?

सोमबार, पुस ४ २०७९
कृषि विकास बैंकको सेयर मूल्य एकदशकयताकै सस्तो, कति आउला लाभांश?

काठमाडौं- कृषि विकास बैंकको पछिल्लो पाँचवर्षयता सेयर मूल्य बढ्न सकेको छैन। कुनै समय प्रतिकित्ता ११ सय रुपैयाँसम्म कारोबार पुगेपछि मूल्य घटेको थियो।  

गतवर्षको बुलमा ५६० रुपैयाँसम्म पुगेको थियो। त्यसपछि घटेको सेयर मूल्य अहिले घटेर ३०६ रुपैयाँमा आइपुगेको छ। यो मूल्य एकदशक यताकै सस्तो मूल्य हो।  केही समय अगाडि २९८ रुपैयाँमा समेत कारोबार भएको थियो। कृषिको सेयर मूल्य अझै केही समय माथि जाने देखिएको छैन। बैंकको सेयर मूल्य ७८९ रुपैयाँ घटिसकेको छ। 

adbl.JPG

गतवर्ष २० प्रतिशत लाभांश दिएको बैंकको यसवर्ष पनि सेयरधनीलाई लाभांश दिने क्षमता २९‍.५७ प्रतिशत रहेको छ। बैंकले यसवर्ष पनि राम्रै लाभांश दिने दिने अनुमान गरिएको छ। बैंकले चालु वर्ष पनि २० प्रतिशत हाराहारी लाभांश दिने अनुमान गरिएको छ। 

बैंकको पछिल्लो समय नाफामा भने निरन्तर घटिरहेको छ। गतवर्ष २३ प्रतिशत नाफा घटेको बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५४ प्रतिशतले घटेको छ। सोही कारण पनि कृषिमा लगानीकर्ताहरु आकर्षिक हुन सकेका छैनन। बैंकले चालु वर्षको पहिलो तीन महिनामा २२ करोड मात्रै नाफा आर्जन गरेको छ। 

बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड रुपैयाँ रहेको छ। भने बजार पुँजीकरण घटेर ४० अर्ब ८८ करोडमा रुपैयाँमा झरेको छ। बैंकको प्रति सेयर आम्दानी ४.२३ रुपैयाँ तथा पीई रेसियो ७४ गुणा रहेको छ। बैंकको आधार ब्याजदर ९.८३ प्रतिशत हुँदा स्प्रेडदर भने ३.८९ प्रतिशत रहेको छ।


प्रकाशित : सोमबार, पुस ४ २०७९०२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend