बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

गएको साताजस्‍तै कारोबारको पहिलो दिन नै सेयर बजारमा पहिरो

आइतबार, पुस ३ २०७९
गएको साताजस्‍तै कारोबारको पहिलो दिन नै सेयर बजारमा पहिरो

काठमाडौं- गएको साता ३४.६७ अंकको गिरावट देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा नै २७.५४ अंकको गिरावट देखिएको छ। चुनावपछि पनि विश्वासयोग्य वातावरण नदेखिएको सेयर बजार फेरि पनि उही अवस्थामा तलमाथि भइरहेको हो। 

आइतबार २७.५४ अंकको गिरावटसँगै बजार १८५५.०६ बिन्दुमा झरेको छ। २५ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। १८० कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लगातार भइरहेको गिरावटले थामिने बिन्दु भेटिन कठिन देखिएको छ। कारोबारको पहिलो दिन नै बजारमा देखिएको ठूलो गिरावटपछि घट‍्दो ट्रेन्ड नयाँ सरकार नआउँदासम्म उही शैलीमा रहने देखिन्छ। 

लगानीकर्ताहरू नयाँ सरकार गठनपछि हुने नीतिको पर्खाइमा देखिएको विश्लेषकहरू बताउँछन्। अब बन्ने सरकार र त्यसमा अर्थमन्त्रीसहित उनको नीतिगत विश्वस्तताको पर्खाइ लगानीकर्तामा रहेको उनीहरूको भनाइ छ। 

गएको साताको पहिलो कारोबारमा आइतबार ३१.९७ अंकले घटेर बजार १८८५.३१ बिन्दुमा झरेको थियो। सोमबार १६.९७ अंकले बढेर बजार १९०२.२८ बिन्दुमा पुगेको बजारमा मंगलबार उही वृद्धि कायम रहन सकेन। मंगलबार २.५७ अंकले घटेर बजार १८९९.७० बिन्दुमा झरेको थियो। बुधबार २.६२ अंकले घटेको बजार बिहीबार १४.४८ अंकले घटेर बजार १८८२.६२ बिन्दुमा झरेको थियो।


प्रकाशित : आइतबार, पुस ३ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend