बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बाराही हाइड्रोपावरको आईपीओ बाँटफाँड

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ३ २०७९
बाराही हाइड्रोपावरको आईपीओ बाँटफाँड

काठमाडौं- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँटफाँड गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज सेयरको बाँटफाँड गरिएको हो।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो। बिक्री प्रबन्धककाअनुसार साधारण सेयरमा कूल १२ लाख ५८ हजार चार सय २१ आवेदकले एक करोड ४३ लाख ५१ हजार आठ सय ३० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

कम्पनीले योग्य ११ लाख ९१ हजार दुई सय ८४ मध्ये ५१ हजार पाँच सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँटफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

निष्कासित सेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता  कर्मचारीलाई बाँडफाँट गरिएको छ। लगानीकर्ताले गत मङ्सिर २१ गतेदेखि २६ गतेसम्म सेयर खरिदका लागि आवेदन दिएका थिए।

बाँटफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, पुस ३ २०७९०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend