बिहीबार , मंसिर १३ गते २०८१    
images
images

बढ्न थाल्यो अण्डाको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ३ २०७९
images
images
बढ्न थाल्यो अण्डाको मूल्य

अण्डा उत्पादनका लागि निजी क्षेत्रको मात्र पोल्ट्री व्यवसायमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन्।

images
images

चितवन- लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ। बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को ३ सय ६० रुपैयाँ तय गरिएको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो।

images
images
images

यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय रुपैयाँमा बिक्री हुँदै आएको थियो। सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट ४ सय ३५ रुपैयाँ पर्न आउँछ। उनले भने, 'पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० हुँदा अण्डा प्रतिक्रेट तीन सयमा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो ६५ पर्दा अण्डाको मूल्य उस्तै छ।'

images

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाइ छ। एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ पुगेर एकोहोरो ओरालो लागेको हो। त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा १६ रुपैयाँ रहेको थियो। नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोेख्रेल बताउँछन्।

images

हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन्। पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताए। हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ। अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोबर हुने व्यवसायी बताउँछन्। बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ।

उनले भने, 'सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुन्छ।' अण्डा उत्पादनका लागि  निजी क्षेत्रको मात्र पोल्ट्री व्यवसायमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन्। रासस


प्रकाशित : आइतबार, पुस ३ २०७९०४:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend