बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल हाइड्रो डेभलोपरले लाभांश पारित गर्न बोलायो साधारण सभा

आइतबार, पुस ३ २०७९
नेपाल हाइड्रो डेभलोपरले लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं-नेपाल हाईड्रो डेभलोपर लिमिटेडले वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ। सभा लिसरा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजे हुने जानकारी दिएको हो। 

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र शून्य दशमलव २६.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्र्रस्ताव पारित गर्नेछ। 

त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने जानकारी दिएको छ। यस आधारमा पुस ७ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। 


प्रकाशित : आइतबार, पुस ३ २०७९०४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend