बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बोटलर्स नेपालका दुवै कम्पनीको साधारण सभा पुस २७ गते, यी हुन पारित हुने प्रस्ताव

आइतबार, पुस ३ २०७९
बोटलर्स नेपालका दुवै कम्पनीको साधारण सभा पुस २७ गते, यी हुन पारित हुने प्रस्ताव

बोटलर्स नेपाल अन्तर्गतका दुवै कम्पनीले पुस २७ गते वार्षिक साधारण सभा गर्ने भएका छन्। बोटलर्स नेपाल तराईले ३६औं वार्षिक साधारण सभा काठमाडौं, लाजिम्पाटस्थित होटल र्‍याडिसनमा उक्त दिन बिहान १० बजे गर्ने जानकारी दिएको हो। 

काठमाडौं-बोटलर्स नेपाल अन्तर्गतका दुवै कम्पनीले पुस २७ गते वार्षिक साधारण सभा गर्ने भएका छन्। बोटलर्स नेपाल तराईले ३६औं वार्षिक साधारण सभा काठमाडौं, लाजिम्पाटस्थित होटल र्‍याडिसनमा उक्त दिन बिहान १० बजे गर्ने जानकारी दिएको हो। 

त्यसैगरी बोटलर्स नेपाल बालाजुले पनि सोही होटलमै दिउँसो ३ बजे ४४ औं वार्षिक साधारण सभा गर्ने जनाएको छ। सभाले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रवितेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

त्यस्तै बोटलर्स नेपाल तराईको पनि सञ्चालक समितिले प्रस्ताव गरेको ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गर्नेछ । साथै सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने जानकारी दिएका छन्। यस आधारमा पुस १९ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। 


प्रकाशित : आइतबार, पुस ३ २०७९०४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend