शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

उच्च लाभांशले पनि जाल्पाको सेयर मूल्य लगातार घट्दो ट्रेण्डमा

images
शनिबार, पुस २ २०७९
images
उच्च लाभांशले पनि जाल्पाको सेयर मूल्य लगातार घट्दो ट्रेण्डमा

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट समग्रमा ७६.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो।

images
images

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीलाई आकर्षक लाभांश दिने घोषणा गरेपनि सेयर मूल्य भने लगातार घटिरहेको छ। कम्पनीले २०७८/७९ सम्म सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत सेयर लाभांश र ३.८४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो। 

images
images
images

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट समग्रमा ७६.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो। लघुवित्तको चुक्ता पुँजी अहिले १६ करोड रुपैयाँ रहेको छ।

images
images
jalpa 1.JPG

बैंक तथा वित्तीय संस्थाहरूले नगद लाभांश दिइरहेका बेला जाल्पाले भारी बोनस सेयर दिँदासमेत लगानीकर्ता आकर्षित भएका छैनन्। बजार घट्ने डरले अहिले भएकै मूल्यमा बिक्री गरेर बाहिरिएका छन्। तर फाइदा भने सेयर होल्ड गर्नेहरूले नै लिनेछन्। १० कित्ता सेयर हुनेहरूले ७ कित्ता बोनस पाउने छन्। 

images
images

बिहीबार पनि सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ घटेको छ। अन्तिम कारोबा ३२९० रुपैयाँमा भएको छ। लाभांश घोषणा गरेको दिन कम्पनीको सेयर मूल्य ३४९५ रुपैयाँमा कारोबार भएको थियो। लाभांश घोषण यतामात्रै प्रतिकित्ता २०५ रुपैयाँले घटेको छ। घटेपनि होल्ड गर्नेहरू नै फाइदामा जाने देखिन्छ।  

केही दिन अगाडि ३७७० रुपैयाँसम्म कारोबार भएको थियो। अहिले १० कित्ता बिक्री गर्नेले ३५ हजार रुपैयाँ हात पार्दा समायोजन भएर २५ सय प्रतिकित्तामै आउँदा पनि बोनस सेयर लिनेहरू नै फाइदामा जाने देखिन्छ। 


प्रकाशित : शनिबार, पुस २ २०७९०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend