सोमबार, वैशाख २४ गते २०८१    
images
images

अशोक लेल्यान्डको भाइकिङ १२ एम प्राइम बस नेपालमा सार्वजनिक

images
images
images
अशोक लेल्यान्डको भाइकिङ १२ एम प्राइम बस नेपालमा सार्वजनिक

बसमा टर्बोचार्जर र इन्टरकुलर सहितको ५,७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन छ, जसले १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्छ।

images
images

काठमाडौं- अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्यान्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ। आधुनिक विशेषतासहित बनेका बस मध्य तथा लामो रुटका लागि उपयोगी हुनेछ।

images
images
images

४४ सिट क्षमताका भाइकिङ बस सार्वजनिक गर्ने क्रममै चार वटा बस खरिद गर्ने ग्राहकलाई हस्तान्तरण समेत गरिएको आईएमई मोटर्सले जनाएको छ।

images

बस सार्वजनिक तथा हस्तान्तरणका क्रममा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले ग्राहकहरूले पहिले नै नेपालमा अशोक लेल्यान्डका बस र अन्य सवारीसाधनलाई रुचाउँदै आएकामा अब नयाँ बसले उनीहरुलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गरे।

images

अत्याधुनिक र उत्कृष्ट प्रविधिसहितको १२ मिटरको भाइकिङ बस सञ्चालनमा आएको र लामो दुरीको यात्रा अब ग्राहकका लागि थप सहज र सुरक्षित र सञ्चालकका लागि बढी लाभदायक हुने निश्चित भएको पुराणिकले बताए।

images
images

बसमा टर्बोचार्जर र इन्टरकुलर सहितको ५,७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन छ, जसले १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्छ।

यो बसमा इनलाइन इन्धन पम्प छ, जसले यसको मर्मत खर्च घटाउँछ। यसमा न्युमेटिक एक्च्युएसनसहितको १५ इन्चको क्लच र ओभरड्राइभसहितको जेडएफ ६ फर्वार्ड स्पीड सिन्क्रोमेश गियरबक्स छ। यसले जर्मनीमा उत्पादित गियरबक्सको आयु बढाउन भूमिका खेल्छ।

इन्टिग्रल पावर स्टेयरिङ र डबल एक्टिङ्ग शक अब्जर्बरसहितको वेभलर फ्रन्ट सस्पेन्सन र लेभलिङ भल्भसहितको रियर एयर सस्पेन्सनले बसलाई आरामदायी बनाउन भूमिका खेलेको छ।

एबीएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेक जस्ता अन्य विभिन्न प्रविधिहरूले बसलाई सजिलै रोक्न वा सञ्चालनमा ल्याउन भूमिका खेल्छन्। सहायक ब्रेकको रूपमा इलेक्ट्रो-चुम्बकीय रिटार्डरले ब्रेक दक्षता र ब्रेक जीवन बढाउन मद्दत गर्दछ।

यो बसमा बोल्ट क्रस मेम्बरसहितको बलियो ११ इन्च लडर प्रकारको चेसिस छ, जसका कारण बस निकै सुरक्षित मानिन्छ। अशोक लेल्यान्ड भाइकिङ १२एम प्राइममा ३५० लिटरको इन्धन ट्याङ्की र ६,२०० एमएम लामो ह्वीलबेस पनि छ।

images

प्रकाशित : शुक्रबार, पुस १ २०७९११:३७

प्रतिक्रिया दिनुहोस