बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मर्जरको सम्झौता गरेको एनसीसी बैंकको एकैदिन लाखौँ कित्ता प्रमोटर सेयर बिक्री

शुक्रबार, पुस १ २०७९
मर्जरको सम्झौता गरेको एनसीसी बैंकको एकैदिन लाखौँ कित्ता प्रमोटर सेयर बिक्री

काठमाडौं- कुमारी बैंकसँग मर्जरमा जाने गरी प्रारम्भिक सम्झौता गरिसकेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको प्रमोटर सेयर धमाधम बिक्री भइरहेको छ। एनसीसीको प्रमोटर सेयर बिहीबार समग्रमा सबैभन्दा बढी काराेबार भएको थियो।

कम्पनीको १९ लाख २२ हजार २२० कित्ता संस्थापक सेयर बिक्री भएको छ। कम्पनीको ११९.३० रुपैयाँ प्रतिकित्तमा बिक्री भएको सेयरमा मर्जरमा जानेबेला चलखेल भएको आशंका गरिएको छ। 

ncc.JPG

कम्पनी मात्रै बिहीबार २२ करोड ८९ लाख ४२ हजार २३५ रुपैयाँको सेयर किनबेच भएको छ। प्रोमोटर सेयर बिक्री लाखौको हुँदा पब्लिक तर्फको सेयर बिक्री भने २२ हजार ९८० कित्ता मात्रै कारोबार भएको छ। पब्लिकतर्फ भने प्रतिकित्ता १७९ रुपैयाँ बराबरमा कारोबार भएको छ। 

बैंकबीचको मर्जर सम्झौतालाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ। कुमारी र एनसीसी बैंकबीच गत असोज १० गते बराबरी हैसियतमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको थियो। 

दुई बैंकबीच १ः१ को स्वाप रेसियोमा जानेगरी सम्झौता भएको हो। दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार तयारी सुरु भएको मर्जरले अन्तिम रुपम पाएको हो। 


प्रकाशित : शुक्रबार, पुस १ २०७९१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend